बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

पूर्णरुपमा ठप्प छन् यी ६ सडक

पूर्णरुपमा ठप्प छन् यी ६ सडक

images
२०८२ आश्विन २४ गते, शुक्रवार
२०८२ आश्विन २४ गते, शुक्रवार
  • काठमाडौं। बाढी पहिराेका कारण अबरुद्ध बनेका सडक मध्ये आज शुक्रबारसम्म देशका ६ वटा सडक पूर्णरूपमा ठप्प भएका छन्। 

    images

    काेशी प्रदेशका चार र बाग्मतीका दुई सडक पूर्ण अवरुद्ध रहेकाे नेपाल प्रहरीले जनाएको छ। प्रहरीका अनुसार संखुवासभाकाे भोटखाेला र मकालु अन्तरगतकाे कोशी राजमार्ग तथा ईलामकाे राजदुवाली तर्फकाे मेची राजमार्ग बन्द छ।

    images

    यस्तै काेशीकै पाँचथर तुम्वेवा जाेड्ने तमाेर करिडाेरमा पनि सवारी साधन सञ्चालन गर्न नसक्ने अवस्था छ।

    यसैगरी काभ्रेको राेशी गाउँपालिकाकाे पहिराेका कारण बिपी राजमार्ग बन्द छ भने रसुवाकाे गाेसाईकुण्ड पहिराेले गर्दा पासाङ ह्लामु सडक खण्ड पनि ठप्प रहेकाे प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend