मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा देखिएका विकासको कुपोषणकै कारण निधन

‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा देखिएका विकासको कुपोषणकै कारण निधन

images
२०८१ चैत्र १९ गते, मंगलवार
२०८१ चैत्र १९ गते, मंगलवार
  • काठमाडौं। नेपाली चलचित्र ‘लाज शरणम्’ मा कुपोषित बालकको भूमिकामा देखिएका विकास केसीको कुपोषणकै कारण निधन भएको छ।

    images

    मंगलबार जाजरकोटस्थित घरमै उनको कुपोषणकै कारण निधन भएको हो। २०६६ साउन १ मा जन्मिएका केसीलाई सुटिङपछि जटिल कुपोषणको उपचारका लागि काठमाडौं ल्याएर ग्रीनसीटी अस्पतालमा उपचार थालिएको थियो। सो अस्पतालमा उपचार सम्भव नभएपछि उनलाई पुन: कान्ति अस्पताल लगिएको थियो।

    images

    कान्तिमासमेत उपचार नभएपछि उनलाई पुनः कर्णाली फर्काइएको थियो। फिल्म टोलीले उनलाई आवश्यक सहयोग गरेको तर बचाउन नसकिएको जनाएको छ।

    चलचित्रका निर्देशक कुमार कट्टेल ‘जिग्री’ ले कुपोषणका कारण नेपालमा अझै बालबालिकाले ज्यान गुमाइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

    `बाल मृत्यु सरकारका लागि गम्भीर चुनौती हो यसमा पनि पोषिलो खानेकुरा र सुक्ष्म पोषक तत्वको अभावबाट हुने कुपोषणबाट बालबालिकाहरुले मृत्युवरण गर्नु पर्ने अवस्था नेपालमा मानव विकासमा आजको चित्र हो। यसप्रकारको खवर कहिल्यै कसैले लेख्न नपरोस्। कसैलाई सुनाउनु नपरोस्। यस घटनाप्रति सरकारसहित सम्बद्ध पक्षको ध्यानाकर्षण हुन सकोस् भन्ने अपेक्षा गर्दछौं।´ निर्देशक कट्टेलले सामाजिक सञ्जालमा लेखेका छन्।

    उनले चलचित्रमार्फत कर्णालीको वास्तविकता उजागर गर्न खोजिएकोसमेत जनाएका छन् । चलचित्र ‘लाज शरणम्’ परिवारले केसीको आत्माको शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति समवेदनासमेत व्यक्त गरेको छ। कर्णालीमा ५० हजार बालबालिका कुपोषणबाट पीडित छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend