मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नवौं भक्तपुर महोत्सव हुँदै : स्थानीय उत्पादनलाई प्राथमिकता, १ सय ५० स्टल रहने

नवौं भक्तपुर महोत्सव हुँदै : स्थानीय उत्पादनलाई प्राथमिकता, १ सय ५० स्टल रहने

images
२०८१ चैत्र १९ गते, मंगलवार
२०८१ चैत्र १९ गते, मंगलवार
  • भक्तपुर। भक्तपुरको सल्लाघारीमा नवौं भक्तपुर महोत्सव आयोजना हुने भएको छ।

    images

    सल्लाघारीको तीनकुनेस्थित चौरमा यही चैत २८ गतेदेखि २०८२ बैशाख ७ गतेसम्म महोत्सव संचालन हुने भएको हो। ‘नयाँ वर्ष नयाँ सोच, युवाहरुको लागि छ प्रगतिको श्रोत’ भन्ने नाराका साथ नयाँ वर्ष २०८२ र प्रसिद्ध विस्काः जात्राको अवसरमा महोत्सव आयोजना हुने छ।

    images

    नवौं भक्तपुर औद्योगिक साँस्कृतिक, पर्यटन, कृषि तथा व्यापार महोत्सव २०८१/०८२ भक्तपुरमा ११ दिनसम्म संचालन हुने औद्योगिक शान्ति नेपाल संस्थाका अध्यक्ष सन्दिप महतले जानकारी दिए।

    महोत्सवमा दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामग्रीहरु, खाद्यान्न सामग्रीहरु, भाडाकुँडाका साथै बिभिन्न प्रकारका लत्ताकपडा, जुत्ता, कृषि तथा हस्तकलाका सामाग्रीहरु उपलब्ध हुने अध्यक्ष महतले जानकारी दिए।

    औद्योगिक उत्पादनको प्रर्दशनी, सूचना तथा बिज्ञान प्रबिधिको प्रर्दशनी, अटो मोवाइल प्रर्दशनी, आधुनिक कृषि औजार प्रर्दशनी तथा विक्री हुनेछ। यस्तै मोवाईल तथा ईलेक्ट्रोनिक्स सामानको व्यापार तथा प्रर्दशनी एवं बिक्रीका लागि स्टलहरु रहनेछन।

    महोत्सवका संयोजक दीपक थापाका अनुसार महोत्सव स्थलमा स्थानीय हस्तकला, कृषि उत्पादनलाईसमेत समावेश गर्ने तयारी आयोजको रहेको छ। `महोत्सवमा साना बालबालिकाहरुकोलागि बाल उद्यान, ड्रागन ब्रेक डान्स, नाउ तथा विभिन्न प्रकारका बच्चाको खेलौना स्थलहरु साथमा रोटे पिङ्ग, रेनजर, मारुती सर्कससमेत संचालन हुनेछ।´ संयोजक थापाले पत्रकार सम्मेलनमा भने।

    महोत्सवमा पर्यटकीय गतिविधि, स्थानीय खाना महोत्सवका साथै दैनिक रुपमा राष्ट्रिय कलाकारहरुको सांगीतिक प्रस्तुती हुनेछ। यस्तै राष्ट्रिय स्तरका कलाकारहरुको हाँस्य व्यङ्ग्य तथा फेशन, र्‍याप तथा नृत्यहरु, नृत्य प्रतियोगिताले महोत्सव थप आकर्षण बन्ने आयोजकले विश्वास लिएको छ।

    मेलामा बिक्री गरिने सामानहरुमा २० प्रतिशतदेखि ५० प्रतिशतसम्म छुटको व्यबस्था गरिएको र महोत्सवमा १ सय ५० स्टल रहने संस्थाका कोषाध्यक्ष प्रीतम मल्लले जानकारी दिए।

    मल्लका अनुसार करिब पाँच लाख भन्दा बढी उपभोक्ताले महोत्सव अवलोकन गर्ने महोत्सवलाई व्यवस्थित गर्न रु. ५० र रु. ८० प्रवेश शुल्कको व्यबस्था गरिएको छ। यद्यपी विद्यार्थी ५० प्रतिशत र जेष्ठ नागरिकलाई सतप्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए।

    साथै बैशाख १३ गते सोही स्थानमा चर्चित गायक गायिकाहरुको प्रस्तुति रहने भक्तपुर सांगीतिक साँझ–२०८२ को समेत आयोजना गर्न लागेका संस्थाले जानकारी दिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend