मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

१ सय ११ जनाले गरे रक्तदान

१ सय ११ जनाले गरे रक्तदान

images
२०८१ चैत्र १८ गते, सोमवार
२०८१ चैत्र १८ गते, सोमवार
  • चितवन। चितवनको नारायनगढमा मोबाइल ब्यवसायी र अन्य ब्यक्ति गरि १ सय ११ जना रक्तदाताले रक्तदान गरेका छन।

    images

    चितवन मोबाइल ब्यवसायी संघको आयोजनामा सोमबार आयोजित रक्तदान कार्यक्रममा १ सय ११ जनाले रक्तदान गरेका हुन।

    images

    रक्तदान कार्यक्रम प्रादेशिक रक्त संचार केन्द्र, भरतपुरको समन्वय तथा प्राविधिक सहयोगमा आयोजना गरिएको चितवन मोबाइल ब्यवसायी संघका अध्यक्ष श्रीधर रेग्मीले जानकारी दिए। 

    उद्योग बाणिज्य संघ चितवनका अध्यक्ष सुमनकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दान गरिएको रगत भरतपुर अस्पतालको प्रादेशिक रक्त संचार केन्द्रलाई प्रदान गरिएको रेग्मीले जानकारी दिए।

    उनले रक्तसञ्चार जस्तो अतिआवश्यक क्षेत्रमा सेवाको भावनाले संघलाई अगाडी बढाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको जानकारी दिए। कार्यक्रममा रक्तदाताहरुलाई प्रमाणपत्र र संघको टिसर्ट प्रदान गरिएको रेग्मीले बताए।

    अघिल्लो वर्ष समेत संघले रक्तदान कार्यक्रम आयोजना गरेको थियो भने त्यसबखत १ सय ४ जनाले रक्तदान गरेका थिए।

    कार्यक्रम संयोजक तथा संस्थाका सहसचिव दिपेन्द्र खडकाले कुनै पनि संघसंस्थाले सामाजिक उत्तरदायित्वलाई पनि ध्यानमा राखेर काम गर्नु पर्ने भन्दै भविष्यमा पनि समाजिक कार्यलाई निरन्तरता दिने बताए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend