मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य बिमा काउन्टरमा अनियमितता, ६० लाख घोटाला

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य बिमा काउन्टरमा अनियमितता, ६० लाख घोटाला

images
२०८१ चैत्र १८ गते, सोमवार
२०८१ चैत्र १८ गते, सोमवार
  • पोखरा। पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको स्वास्थ्य बिमा काउन्टरमा अनियमितता भएको पुष्टि भएको छ।

    images

    अनियमितताको आशंकामा स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबिन समिति गठन गरेको थियो। सो समितिले बिमाको रकम फिर्ता गर्दा अनियमितता भएको पुष्टि गरेको हो।

    images

    समितिले बिमाको रकममा अनियमितता हुँदा ६० लाख रुपैयाँ भन्दा बढी रकम घाटा भएको र सो प्रकरणमा ६ कर्मचारी जोडिएको प्रतिवेदन बुझाएको छ। घटनाका सम्बन्धमा छानबिन गर्न बनेको समितिका संयोजक सुशीलकुमार अर्यालले प्रतिवेदन बुझाइसकेको जानकारी दिए।

    ‘छानबिनबाट अनियमितता पुष्टि भएको छ, हामीलाई दिइएको कार्यसर्त अनुसारको प्रतिवेदन बुझाएका छौं,’ अर्यालले भने।

    प्रतिष्ठानका निर्देशक डा. भरत खत्रीले अस्पताललाई ६० लाख रुपैयाँ नोक्सान भएको बताए। ‘हामीलाई जे आशङ्का थियो, त्यो पुष्टि भएको छ, रकम हिनामिना गरेको प्रमाणित भयो,’ उनले भने, ‘अब दोषी उपर के कारबाही गर्ने भन्ने छलफल गर्दैछौं।´

    बिमा काउन्टरका कर्मचारीले बिमा गरेका बिरामीको डिपोजिट रकम अस्वाभाविक रूपमा फिर्ता गरेको भेटेपछि छानबिन समिति गठन गरिएको उनले जानकारी दिए।

    ‘अहिले फूल कम्प्युटराइज्ड सिस्टम छ, कम्प्युटराइज्ड सिस्टममा पनि बदमासी भयो, क्यास काउन्टरमा समस्या देखिएन, बिमा काउन्टरमा समस्या देखियो। पहिला को–पेमेन्ट थिएन। फ्री सर्भिस हुँदा केही देखिएको थिएन,’ खत्रीले थपे।

    बिमा गरेका बिरामीहरूले तिरेको १० प्रतिशत शुल्क काउन्टरका कर्मचारीहरूले बिरामीलाई फिर्ता दिएको देखाएर आफैले अपचलन गरेका रिपोर्टमा उल्लेख छ। अनियमितताको घटनामा ६ कर्मचारीलाई दोषी देखाइएको छ। त्यसमध्ये एक जना कर्मचारीले मात्रै ५० लाख भन्दा बढी अपचलन गरेको देखाइएको खत्रीले बताए।

    समितिमा कोको थिए?

    अर्यालको संयोजकत्वमा बनेको छानबिन समितिमा लेखा अधिकृत हेमन्त ढकाल र आइटी अधिकृत दीपक केसी सदस्य थिए। सबैभन्दा धेरै रकम हिनामिना गर्ने कर्मचारी आइएनएफबाट खटिएका हुन्।

    ‘उनी आइएनएफबाट खटिएका हुन्। कसरी के कारबाही गर्ने भन्ने चाहिँ प्रक्रियामा छ,’ अघि थपे, ‘जे होस्, कानुन अनुसार कारबाही हुन्छ।’

    प्रतिष्ठानको कार्यकारी परिषद्को चैत १५ गतेको बैठकले प्रतिवेदनमा औँल्याइएका दोषीमाथि कारबाही अघि बढाउने निर्णय गरेको खत्रीले जानकारी दिए।

    बिरामीहरूले बिमाको सेवा नलिएको भन्दै डिपोजिट फिर्ता गरेपछि अस्पतालले पाउनुपर्ने ९० प्रतिशत दाबी गर्न पाएको थिएन।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend