मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

पुर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोक्दै ८ पत्र (पत्रसहित)

पुर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना तोक्दै ८ पत्र (पत्रसहित)

images
२०८१ चैत्र १६ गते, शनिवार
२०८१ चैत्र १६ गते, शनिवार
  • काठमाडौं। पत्रकाठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई  ७ लाख ९३ हजार जरिवाना तोक्दै पत्र काटेको छ।

    images

    शुक्रबार भएको राजावादी समुहको प्रदर्शनका क्रममा काठमाडौं महानगरका विभिन्न क्षेत्रमा क्षति पुगेको भन्दै पुर्वराजा शाहलाई महानगरपालिकाले शनिबार आठ वटा पत्र काटेको हो। शाहका नाममा काटिएका पत्रमा जरिवानाको विभिन्न शीर्षक राखिएको छ।

    images

    महानगरले फोहोरमैला, बोट विरुवा तथा रेलिङमा क्षति, वारुणयन्त्रमा क्षतिलगायत शीर्षकमा जरिवाना गरेको हो। 

    महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गरिएको बताएको छ। जसमा एक पत्रमा १ लाख ३० हजार, ६ वटा पत्रमा १ लाख तथा एक पत्रमा ६३ हजार जरिवाना तोकिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend