ईलाम। कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले कृषि र किसानको सम्मानले मात्र मुलुकको कृषि क्षेत्रको सुधार हुने बताएका छन।
ईलामको रोङ गाउँपालिकाले आयोजान गरेको गुरु किसान घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री अधिकारीले गाउँपालिकाले अघि सारेको काम सराहनीय रहेको र यस खालका कार्यक्रमहरुलाई संघीय सरकारले पनि स्वामित्व लिनु पर्ने उल्लेख गरे।
स्थानीय सरकारले कृषि उत्पादन विकासका लागि ल्याएका नयाँ अवधारणाहरुको सिको सबैले गर्न जरुरी रहेको मन्त्री अधिकारीले उल्लेख गरे।
कृषिमा ज्ञान र प्रबिधी हस्तान्तरण महत्त्वपूर्ण हुने भएकाले यस्का लागि गुरु किसानको अवधारणा उपयुक्त हुने विश्वास मन्त्री अधिकारीले व्यक्त गरे।
सरकार आगामी आर्थिक वर्षको वजेट निर्माणमा लागिरहेको र आफुले कृषि र किसानको हित हुने कार्यक्रम समाबेश गर्न पहल गरिरहेको भन्दै उनले सिमित बजेटका बिच प्रतीफल बढी आउने गरि काम गर्नु पर्ने अहिलेको बाध्याता रहेको बताए। उनले कृषि क्षेत्रको विकासमा तीनै तहका सरकारको सहकार्य जरुरी रहेकोसमेत बतए।
कार्यक्रममा मन्त्री अधिकारी र कोशी प्रदेशका कृषि सहकारी तथा भुमीव्यवस्था मन्त्री खगेन्द्रसिं लिम्बुले संयुक्तरुपमा गाउँपालीकाले निर्माणगरेको कृषि प्रशोधन केन्द्रको पनि उदघाट्न गरे।
केन्द्रमा गुन्द्रुक बनाउन आवश्यक उपकरणहरु जडान गरिएका छन। केन्द्रमार्फत गाउँपालिकाले गुन्द्रुकलाई ब्रान्डिङ गरि बजारमा लैजाने जनाएको छ।
गाउँपालीकाले १ सय २१ किसानलाई गुरु किसान घोषणा गर्दै परिचय पत्र समेत प्रदान गरेको छ। उनीहरुले स्थानीय किसानहरुलाई खेती र प्रबिधी सिकाउने गाउँपालिकाले जनाएको छ।



