मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

एसईई परीक्षा : आठ जना जुम्ल्याहा विद्यार्थी एउटै विद्यालयका परिक्षार्थी

एसईई परीक्षा : आठ जना जुम्ल्याहा विद्यार्थी एउटै विद्यालयका परिक्षार्थी

images
२०८१ चैत्र ८ गते, शुक्रवार
२०८१ चैत्र ८ गते, शुक्रवार
  • सुन्दरहरैँचा। मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुकुना माध्यमिक विद्यालयका आठ जना जुम्ल्याहा विद्यार्थीले एसईई परीक्षा दिइरहेका छन्।

    images

    यो विद्यालयबाट कोशी प्रदेशमै सबैभन्दा बढी विद्यार्थीले एसइई परीक्षा दिइरहेका र जसमध्ये आठजना जुम्ल्याहा विद्यार्थीले एकैपटक परीक्षा दिइरहेको सहायक प्रधानाध्यापक राजेन्द्र गिरीले जानकारी दिए।

    images

    विद्यालयबाट चार वटा परीक्षा केन्द्रमार्फत ६२६ विद्यार्थी परीक्षामा सहभागी छन्, जुन सङ्ख्या एउटै प्रदेशमै बढी रहेको विद्यालयको दाबी छ।

    विसं २०२९ मा स्थापना भएको यस विद्यालयमा २०३९ सालबाट ‘एसएलसी’ परीक्षा दिन शुरू गरिएको थियो। प्रदेशकै नमूना विद्यालयअन्तर्गत गर्ने यस विद्यालयमा हाल चार हजार ५०० विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक हिक्मतबहादुर बस्नेतले जानकारी दिए।

    कोशी प्रदेशमा ८० हजारभन्दा बढी विद्यार्थीले यसपटक परीक्षा दिइरहेका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend