मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`हाम्रो मोबाइल संघ´ धरानको नेतृत्वमा पुन: शाक्य

`हाम्रो मोबाइल संघ´ धरानको नेतृत्वमा पुन: शाक्य

images
२०८१ फाल्गुण २५ गते, आइतवार
२०८१ फाल्गुण २५ गते, आइतवार
  • धरान। हाम्रो मोबाइल संघ धरानको अध्यक्षमा पुन: जीवन शाक्य चयन भएका छन।

    images

    शनिबार सम्पन्न संघको दोस्रो अधिवेशनले शाक्यलाई दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो। 

    images

    हरियाली सामुदायिक वनमा आयोजित अधिवेशनले शाक्यको नेतृत्वमा पाँच पदाधिकारी र सात सदस्य गरि कुल १२ जनाको कार्यसमिति निर्विरोध चयन गरेको हो। कुल १३ सदस्यीय कार्यसमितिमा एक सदस्य भने मनोनीत गरिने छ। 

    नवनिर्वाचित कार्यसमितिको पदाधिकारीतर्फ उपाध्यक्षमा विमला खतिवडा, सचिवमा सबिन लम्साल, कोषाध्यक्षमा सचिन पोखरेल तथा सहसचिवमा सुरेन्द्र दाहाल चयन भएका छन।

    सदस्यहरूमा क्रमशः बुद्धराज लिम्बु, सन्नी गुप्ता, लुसन मल्ल, मीनकुमार राई, सहिद अनवर, मनीषा राजधामी, आशिषराज यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ।

    संघको अध्यक्षमा निर्वाचित शाक्य नेपाल मोबाइल ब्यवसायी महासंघ केन्द्रीय कार्यसमिति सदस्य तथा कोशी प्रदेशका अध्यक्षसमेत हुन। 

    शाक्यले मोबाइल ब्यवसायमा आवद्ध ब्यवसायीका मुद्दा  र समस्यालाई एकीकृत गर्दै ब्यवसायीक हितका पक्षमा काम गर्ने लक्ष्यसहित `हाम्रो मोबाइल संघ´ चार वर्ष अघि स्थापना भएको जानकारी दिए।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend