मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौं महानगरले एक केन्द्रीयसहित ६ सुलभ फार्मेसी संचालन गर्ने, अध्ययन गरिंदै

काठमाडौं महानगरले एक केन्द्रीयसहित ६ सुलभ फार्मेसी संचालन गर्ने, अध्ययन गरिंदै

images
२०८१ फाल्गुण २४ गते, शनिवार
२०८१ फाल्गुण २४ गते, शनिवार
  • काठमाडौँ । काठमाडौ महानगरपालिकाले सुलभ फार्मेसी अन्तर्गत विक्री गरिने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने भएको छ।

    images

    बिहीबार महानगरपालिकामा उपप्रमुखको नेतृत्वमा बसेको सुलभ औषधि पसल सञ्चालन व्यवस्थापन समितिको बैठकले बबरमहलस्थित हाल वडा कार्यालय सञ्चालन भइरहेको भवनमा सुलभ फार्मेसी सञ्चालन गर्ने, केन्द्रीय फार्मेसी सञ्चालनका लागि स्थान उपलब्धताका विषयमा छलफल चलाउने, फार्मेसीका लागि आवश्यक पर्ने औषधिको प्रकार र मात्रा अध्ययन गर्ने निर्णय गरेको हो।

    images

    आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क औषधि, स्वास्थ्य बिमाअन्तर्गतको औषधि र बिमामा आवद्ध नभएका नागरिकहरुका लागि सर्वसुलभ औषधि तथा औषधिजन्य सामग्रीहरु जेनेरिक फार्मेसीको अभ्यासअनुसार उपलब्ध गराउनु सुलभ फार्मेसी सञ्चालनको उद्देश्य हो।

    औषधिको ब्राण्ड नामका आधारमा नभइ औषधिमा भएका तत्वका आधारमा विरामीलाई औषधि प्रदान गर्ने प्रणाली जेनेरिक फार्मेसी हो। यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले २०८१ सालमा फार्मेसी सञ्चालन तथा नियमन सम्बन्धी निर्देशिका जारी गरेको छ। यही निर्देशिकाअनुसार महानगरपालिकाले औषधि पसलहरुको नियमन गर्न सक्छ।

    बैठकके महानगरपालिका मातहतमा भएका र अन्य फार्मेसीहरुको सञ्चालन व्यवस्थापन गर्न गराउन उपप्रमुख डंगोलको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ। प्रमुख प्रशासकीय अधिकृत र फार्मेसी विज्ञमध्येबाट प्रमुखले मनोनयन गरेको विज्ञ सदस्य समितिमा हुन्छन् भने स्वास्थ्य विभागको प्रमुख सदस्य सचिव हुनेछ्न।

    बैठकमा नार्कोटिक, एन्टिवायोटिक, हर्मोनिक जस्ता डाक्टरको प्रेस्क्रिप्सनबाट मात्र दिन सकिने र
    ओटिसी (ओभर द काउन्टर) औषधि प्रदान गर्न डाक्टरको प्रेस्क्रिप्सन नचाहिने औषधिको सम्भावित मागका विषयमा छालफल भएको थियो।

    एउटा केन्द्रीय र अन्य ५ फार्मेसी संचालनको लक्ष्य 

    महानगरपालिकाले एउटा केन्द्रीय फार्मेसी र अन्य विभिन्न ५ ठाउँमा फार्मेसी सञ्चालन गर्ने लक्ष्य लिएको छ। उत्पादकदेखि उपभोक्तासम्म कमिसन र बोनस जस्ता तहका कारण औषधिको मुल्य चर्को भएको उपभोक्ताहरुको गुनासो सुनुवाई गर्दै महानगरपालिकाले सुलभ फार्मेसी सञ्चालन गर्न लागेको उपप्रमुख डंगोलको भनाइ छ।

    सुलभ फार्मेसी सञ्चालनले सर्वसाधारणलाई उपचारात्मक स्वास्थ्य सेवामा ठुलो राहत हुनेछ। छलफलमा शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनले महानगरको जनघनत्व र भूगोलको क्षेत्रफल समेतलाई ध्यानमा राखेर थप ५ वटा स्थानमा सुलभ फार्मेसी खोल्ने योजना रहेको र  हालका लागि यो नमूना कार्यक्रमका रुपमा को सञ्चालन गर्न लागिएको बताए।

    'यसबाट प्राप्त हुने अनुभव, सिकाइ र पृष्ठपोषणका आधारमा थप स्थानहरुमा सुधार गर्दै बिस्तार गर्ने योजना रहेको छ।' महर्जनले योजना सुनाए।

    यसरी सञ्चालन हुने फार्मेसीबाट प्रेष्क्राइभर (औषधि लेखिदिने डाक्टर) प्रभावमा पार्ने जोखिम सकिन्छ। यसो हुनु भनेको स्वार्थ प्रेरित औषधि दिने क्रम सकिनु हो। यसले औषधिको गुणस्तर र मूल्य सुनिश्चित हुन्छ। 

    छलफलमा निमित्त प्रमुख प्रशासकीय अधिकृत नुरनिधि न्यौपाने, प्रशासन विभागका प्रमुख ध्रुवकुमार काफ्ले, फार्मेसी विज्ञ डा. सतिश देव, स्वास्थ्य सल्लाहकार डा. मनेनप्रसाद गोर्खाली, सचिवालय सदस्य सुदीप ढकालसहित विभागका अधिकारीहरु सहभागी थिए। त्यस क्रममा सहरी योजना आयोगका इञ्जिनियर र आर्किटेक्टहरुले फार्मेसीको ड्रइङ् डिजाइन प्रस्ताव पेश गरेका थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend