विराटनगर। कोशी प्रदेश सरकारले गम्भीर रोग लागेका बिरामीलाई दिँदै आएको सहयोग रकम वितरण गर्ने भएको छ। आज शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले ८ करोड ६० लाख रुपैयाँ थप निकासा गर्ने निर्णय गर्दै बिरामीलाई सहायता रकम वितरण गर्ने निर्णय गरेको हो।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री एवं सरकारका प्रवक्ता रेवती रमण भण्डारीका अनुसार यो पटक सहायता रकम वितरण गरेपछि अर्को वर्षदेखि भने भिन्नै तरिकाबाट सहयोग गर्ने नीति लिइनेछ।
यस्तै, आज बसेको मन्त्रिपरिषद् बैठकले फागुन २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश सभामा गर्ने सम्बोधनको तयारीका लागि प्रदेश सभालाई आग्रह गर्ने निर्णय गरेको छ।



