मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मधेस प्रदेशमा एम्बुलेन्स चालकले पनि अस्पताल खोलेको भेटियो : मुख्यमन्त्री सिंह

मधेस प्रदेशमा एम्बुलेन्स चालकले पनि अस्पताल खोलेको भेटियो : मुख्यमन्त्री सिंह

डाक्टरको एनएमसी नम्बर नै नक्कली

images
२०८१ फाल्गुण २३ गते, शुक्रवार
२०८१ फाल्गुण २३ गते, शुक्रवार
  • जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेश प्रदेशका आठ वटै जिल्लामा नक्कली डाक्टरको बिगबिगी रहेको बताएका छन।

    images

    शुक्रबार संचारकर्मीहरुसँगको संवादका क्रममा मुख्यमन्त्री सिंहले मधेश प्रदेशका आठ वटै जिल्लामा नक्कली डाक्टरले मान्छेको ज्यानसँग खेलवाड गरिरहेको बताएका हुन।

    images

    `एम्बुलेन्सका चालकहरु मिलेर पनि अस्पताल खोलेका छन्, अनमि र अहेब पढेको छ जागिर कतै पाएनन, दुई चार जना मिलेर अस्पताल खोलेका छन्, दुई चारवटा कोठा भाडामा लिएर पनि अस्पताल खोलिएको छ, खोज्दै जाँदा यस्तो पनि भेटियो कि डाक्टरको एनएमसी नम्बर राखेको हुन्छ तर त्यो फेक डाक्टर हुन्छ, अर्कैको एनएमसी नम्बर युज गरेको हुन्छ।’ मुख्यमन्त्री सिंहले संचारकर्मीहरुसँगको संवादमा भने।

    उनले मधेस प्रदेशमा मापदण्ड विपरीत संचालनमा रहेका अस्पताललाई कार्वाहीका लागि अभियान नै चलाउदै आइरहेका छन। आफ्नो जीवनको परवाह नगरी बिसौँ वर्षदेखिका बेथिति अन्त्यका लागि आफूले अभियान सञ्चालन गरेको उनको दावी छ।

    संचारकर्मीहरुसँगको संवादमा उनले बेथितिको अन्त्यका लागि विगतका संघीयमन्त्री वा प्रदेशका मुख्यमन्त्रीहरुले पनि कुनै काम नगरेको आरोप लगाउँदै आफु स्वास्थ्य तथा शिक्षा क्षेत्रमा भएका बेथिति अन्त्यका लागि जनताको पक्षमा अघि बढेको बताए।

    मधेसका केही स्थानमा एकैदिन भएको २१ वटा अस्पताल अनुगमनमा २० वटा अस्पताल बिनादर्ता सञ्चालन भएको भेटिएकाले ती अस्पताल तत्काल बन्द गरिएको उनको भनाइ छ। 

    मुख्यमन्त्री सिंहले ‘भने चपुर, नवलपुर र हरिवनमा २१ वटा अस्पतालको अनुगमन गर्दा २० वटा बिनादर्ताको भेटियो, ती अस्पताल त्यही दिन बन्द गर्यौ, मापदण्ड पुरा गरेको एउटा मात्र भेटियो,´ उनले भने।

    उनले विगतका सरकारले पनि विभिन्न धम्कीका कारण काम गर्न नसकेको हुनसक्ने भन्दै आफूले बेथिति अन्त्यका लागि ज्यानको बाजी लगाएर भएपनि अभियान जारी राख्ने बताए।
     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend