मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ´

`परिवारमा स्तन वा पाठेघरको क्यान्सर छ भने जोखिम बढी हुन्छ´

images
२०८३ आश्विन ११ गते, आइतवार
२०८३ आश्विन ११ गते, आइतवार
  • -के हो पाठेघरको क्यान्सर?

    images

    पाठेघरको क्यान्सर भन्नाले एउटा पाठेघरको मुखको क्यान्सर हुन्छ,अर्को पाठेघरको माथिल्लो भागको क्यान्सर हुन्छ र तेस्रो अण्डाशय (डिम्ब) को पनि क्यान्सर हुन सक्छ। यी तीनवटै भागका फरक–फरक प्रकारका स्क्रिनिङ टेस्ट (जाँच) हरू हुन्छन्। फरक–फरक चुनौतीहरू आउँछन् र फरक–फरक लक्षणहरू हुन्छन्। यी सबैलाई बुझ्न धेरै जरुरी छ, किनकी हामी क्यान्सर हुनबाट बच्न र क्यान्सर लागिहालेमा पनि सुरुकै अवस्थामा यसलाई पत्ता लगाएर सही उपचार लिन सकिन्छ।

    images

    -पहिचान कसरी गर्ने?

    पाठेघरको मुखको क्यान्सरको पहिचानका लागि प्याप स्मेयर गर्नुपर्ने हुन्छ। प्याप स्मेयरले पाठेघरको क्यान्सर लाग्नुभन्दा अगाडि नै पत्ता लगाउन सकिन्छ। जसले गर्दा पाठेघरको क्यान्सरको रोकथाममा सहज हुन्छ।

    -कति अवधिमा गर्ने प्याप स्मेयर?

    यो प्रत्येक ३–३ वर्षमा गर्न सकिन्छ। यसका साथै एचपिभी टेस्ट पनि गर्न सकिन्छ। एचपिभी टेस्ट भन्नाले ’ह्युमन प्यापिलोमा भाइरस’को जाँच हो, जसले पाठेघरको मुखको क्यान्सर गराउँछ। 

    त्यस्तै, पाठेघरको क्यान्सरमा मासुको क्यान्सर (सार्कोमा) वा भित्री तहको क्यान्सर (एन्डोमेट्रियल कार्सिनोमा) हुन सक्छ। यस्तो अवस्थामा असामान्य रक्तस्राव, महिनावारी सुकेपछि रगत बगेमा पाठेघरको क्यान्सरजस्ता लक्षण देखिएमा भिडियो एक्स–रे (अल्ट्रासाउन्ड) र रगत जाँच गरेर सुरुकै अवस्थामा यसलाई पत्ता लगाउन सकिन्छ।

    -डिम्बशय (अण्डाशय) को क्यान्सर कसरी थाहा पाउने?

    डिम्बशय (अण्डाशय) को क्यान्सर हुँदा धेरैजसो महिलाहरू ग्यास्ट्रिकको समस्या सम्झेर बसिरहन्छन्। ६ महिनाभन्दा बढी समयसम्म ग्यास्ट्रिकको औषधि खाँदा पनि निको भएको छैन भने डिम्बशयमा क्यान्सर छ कि भनेर स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।

    -कसलाई हुन्छ बढी जोखिम?

    आफ्नो परिवारमा कसैलाई पाठेघर वा स्तन क्यान्सरको इतिहास छ भने ती महिलाहरूबढी जोखिममा हुन्छन्। कुनै लक्षण नदेखिए पनि प्रत्येक ३–३ वर्षमा स्त्रीरोग विशेषज्ञलाई भेटेर आफ्नो स्वास्थ्य परीक्षण गराउनाले क्यान्सरबाट बच्न सकिन्छ।

    (डा. समीरा साफी खान ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ हुन्।)

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend