मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जाडोमा छाला फुट्ने समस्या छ?

जाडोमा छाला फुट्ने समस्या छ?

images
२०८२ मंसिर २९ गते, सोमवार
२०८२ मंसिर २९ गते, सोमवार
  • काठमाडौं। हरेक व्यक्तिको शरिरमा मौसम अनुसार परिवर्तन आउने गर्दछ। गर्मी महिनामा मानिसको शरिरमा धेरै पसिना तथा तरल पदार्थ आउने गर्दछ। जसको कारण छाला चिल्लो हुने र चिपचिप हुने गर्दछ। जाडो महिनामा मानिसको शरिरमा कम मात्रामा पसिना आउँछ। गर्मी समयको भन्दा जाडोमा हाम्रो शरिररमा आउने चिल्लो पदार्थ कम आउने हुन्छ।

    images

    जाडोको समयमा बढी सुख्खा हावा चल्ने भएकाले हाम्रो शरिरभित्र भएको पानीको मात्रा सोस्ने हुनाले छाला बढी सुख्खा हुने गर्दछ। जाडोमा बढी एसी तथा हिटर ताप्ने हुनाले छाला बढी सुख्खा हुने गर्दछ। जसका कारण ओठ, गाला तथा हातखुट्टा फुट्ने समस्या बढी हुन्छ।

    images

    जाडो मौसममा छालाको प्राकृतिक तेल उत्पादन पनि घट्छ, जसले गर्दा छालाको सुरक्षात्मक तह कमजोर हुन जान्छ। विशेषगरी हात, खुट्टा र ओठ जस्ता भागहरू सबैभन्दा पहिले प्रभावित हुन्छन्, किनभने यी भागहरू लगातार चिसो हावाको सम्पर्कमा रहन्छन्।

    छाला फुट्न नदिन के गर्ने?

    थोरै सावधानी र सही स्किन केयर रुटिन अपनाएमा यो समस्याबाट सजिलै जोगिन सकिन्छ। मनतातो पानीले नुहाउने, मोइस्चराइजर लगाउने, पर्याप्त मात्रामा हाइड्रेटेड रहने र पौष्टिक भोजन गर्ने बानीले छालालाई चिसो हावाको असरबाट बचाउन सकिन्छ र यसलाई नरम तथा स्वस्थ बनाइराख्न सकिन्छ।

    शरिरको छाला फुट्न नदिन धेरै तातो पानी भएको ठाउँमा बस्न वा नुवाउन हुँदैन। शरिर नुवाइसकेपछि छालामा नरिवलको तेल लगाउनुपर्छ। यस्तै, लोसन क्रिम लगाउन राम्रो मानिन्छ। शरिरमा क्रिम, तेल, पञ्जा, टोपी, माक्सलगायतले ढाक्दा फुट्ने सम्भावना कम हुन्छ।

    दैनिक नुवाउने व्यक्तिले हप्ताको दुई वा तीन दिनमात्र सावुन तथा सेम्फुको प्रयोग गर्नुपर्छ। दैनिक सावुन तथा सेम्फुको प्रयोग गर्दा छाला बढी मात्रामा फुट्न सक्छ। यस्तै, नुवाईसकेपछि सिधै उनीको कपडा लगाउन हुँदैन। शरिरभित्र सुतीको कपडा लगाएरमात्र उनीको कपडा लगाउनु राम्रो हुन्छ। जाडो याममा पानी प्रशस्त मात्रामा पिउने गर्नुपर्छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend