मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँका सडकमा गुड्ने सवारीसाधनको प्रदुषण जाँच, १६.६७ प्रतिशत फेल

काठमाडौँका सडकमा गुड्ने सवारीसाधनको प्रदुषण जाँच, १६.६७ प्रतिशत फेल

images
२०८३ आश्विन ७ गते, बुधवार
२०८३ आश्विन ७ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँका सडकमा गुड्ने सवारीसाधनको प्रदुषण जाँचका क्रममा बुधबार जाँच गरिएका १६.६७ प्रतिशत सवारीसाधन फेल भएका छन्।

    images

    कृषि, वन तथा पर्यावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले मंगलबारबाट काठमाडौँ उपत्यकामा सवारी प्रदूषण नियन्त्रण तथा अनुगमन सुरु गरेको थियो।

    images

    सो क्रममा बुधबार ३० वटा सवारीसाधन जाँचमा परेका थिए। जसमा २५ वटा सवारीसाधन पास हुँदा ५ वटा अर्थात १६.६७ प्रतिशत सवारीसाधन फेल भएका हुन्। बुधबार काठमाडौँको सिनामंगलस्थित एअरपोर्ट क्षेत्रमा सवारी साधन प्रदूषण जाँच गरिएको थियो।

    स्वच्छ तथा प्रदूषणमुक्त वातावरण निर्माणका लागि सम्बन्धित निकायसँगको समन्वयमा सवारी साधनको प्रदूषण जाँचलाई थप प्रभावकारी बनाउँदै लगिने विभागले जनाएको छ।

    मंगलबार भने विभागबाट खटिएको टोलीले रोजबड स्कुल, बुद्धनगरका १२ वटा स्कुल बसको प्रदुषण परिक्षण गरेको थियो। सो क्रममा परिक्षण गरिएका सबै बसमा कुनै कैफियत देखिएको थिएन।

    सवारीसाधनको प्रदूषण परीक्षण तथा छड्के अनुगमनका लागि वातावरण विभागले कार्यतालिका नै बनाएको छ। जसअनुसार हप्तामा ५ दिन सवारीसाधनको प्रदूषण परीक्षण गरिने छ।

    हप्तामा ३ दिन सडकमा सञ्चालन हुने सवारीसाधनको प्रदूषण परीक्षण गरिने छ भने २ दिन विद्यालयका सवारीसाधन (स्कुल बस) को प्रदूषण परीक्षण गरिने छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend