मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

आफ्नै सरकार विरुद्ध संसदमा `घण्टी´ बजाउँदै रास्वपा सांसद

आफ्नै सरकार विरुद्ध संसदमा `घण्टी´ बजाउँदै रास्वपा सांसद

images
२०८३ भाद्र ३० गते, मंगलवार
२०८३ भाद्र ३० गते, मंगलवार
  • काठमाडौँ। मंगलबारको प्रतिनिधि सभा बैठकमा कन्चनपुर-२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रास्वपा सांसद दीपक बोहोराले सरकारमाथि प्रश्न गरे, `सरकारले के गर्छ? कहाँ जान्छ? के भन्छ हेर्न बाँकी छ।´

    images

    सांसद दिपक बोहोराले यो प्रसंग रसुवा बाढी प्रभावितहरुको विषयमा निकालेका हुन्। उनले आफ्नो जिल्ला कन्चनपुरका मात्रै भोटेकोशी बाढीमा २६ जना परेर बेपत्ता भएको र त्यसमध्ये १४ जना आफ्नै निर्वाचन क्षेत्रको भएको भन्दै प्रश्न गरेका थिए।

    images

    `सरकारी तथ्यांकअनुसार पाँच हजार १ सय ३० जना अझै रसुवा बाढीमा बेपत्ता छन्, कन्चनपुरको कुरा गर्ने हो भने २६ जना र मेरो निर्वाचन क्षेत्रका १४ जना बेपत्ता छन्, म मेरो निर्वाचन क्षेत्रमा पछिल्ला चार पाँच दिन रहें, प्रत्येक घर गएँ, घर पुग्ने प्रयास गरें, बाढीमा केही प्रहरी परेका छन्, केही आर्मी परेका छन, सेना र प्रहरीका मान्छेलाई उनीहरूको संगठनले हामी छौं भनेको छ, साथ दिन्छौं, परिवारको जिम्मा लिन्छौं भनेको छ।, तर सिभिलियनको कुरा गर्ने हो भने उनीहरूका घरमा कोही पुग्या छैन, प्रशासनका मान्छे भन्छन पालिकाका पुगे होलान। पालिकाका कर्मचारी भन्छन् नगरप्रमुख पुगे होलान। नगरप्रमुख भन्छन् सरकार आउँछ। कोही पनि छैन।´ उनले भनेका छन्।

    बोहोराले संसदमार्फत सरकारको खोजीको प्रसंग यतिमै रोकेनन। उनले अझै अगाडि बढ्दै भने, `एउटा उदाहरण भन्छु : शुक्लाफाँटा ३ जुनापुरमा सुनिता डंगोरा, जो दुइटै मिर्गौला  फेल भएको छ, उहाँका छोरा अभिषेक डंगोरा, लाङटाङ हाइड्रोमा बेपत्ता छन्। उनलाई औषधि किनिदिने मान्छे छैन। विहान, साँझ छाक कसरी टार्ने भन्ने चिज छैन। यो एउटा प्रतिनिधि घटना मात्रै हो, सबैको अवस्था त्यस्तै छ।  सरकारले के गर्छ? कहाँ जान्छ? के भन्छ हेर्न बाँकी छ।´

    उनले मात्र होइन संसदमा मंगलबार नै धारणा राख्नेक्रममा सांसद प्रमिला कार्कीले नागरिकको भान्सासँग जोडिएको एलपी ग्याँसको विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराइन।

    उनले यसअघिकी उद्योग मन्त्री गौरी कुमारी यादवले गरेको `जुनसुकै कम्पनीको ग्याँस सिलिन्डर साट्ने´ निर्णय ब्यवहारिक, समय सान्दर्भिक र उपभोक्तामैत्री रहेको र जनस्तरबाट पनि व्यापक स्वागत र समर्थन आइरहेको भन्दै नेपाल आयल निगमको एलपी ग्यास विनियमावली २०६५ लाई तत्काल आवश्यक संशोधन गर्दै सो निर्णयलाई कार्यान्वयन गर्न माग गरिन।  

    `ग्यास सिलिन्डरमा लगानी उपभोक्ताको हुन्छ, उपभोक्तालाई कुनै ब्यापारिक ब्राण्डको लोगो होइन, सिलिन्डरको प्राविधिक सुरक्षा र गुणस्तर चाहिएको हो।सांसद कार्कीले अगाडि भनिन्, `आज खुद्रा पसलमा जाँदा उपभोक्ताले आफुसँग भएको ब्राण्ड नपाएर रित्तो सिलिन्डर फर्काउनु पर्ने बाध्यता छ, विषेशगरि एउटा मात्र सिलिन्डर भएका विपन्न र मध्यम वर्गीय परिवारले यो सास्ती दिनहुँ भोगिरहेका छन्, यो सास्तीको अन्त्य अब हुनै पर्छ।

    मंगलबार नै प्रतिनिधि सभामा आफ्नो धारणा राख्दै रास्वपाकै अर्का सांसद प्रकाशचन्द्र परियारले भोटेकोशी बाढीपछि बजारमा महँगी अत्यधिक बढेको प्रसंग उल्लेख गरे।

    उनले अवसरको मौका छोपेर हुने कालोबजारी र अभावको वनावटी पहिरो सिर्जना गर्ने कामको नियन्त्रणमा सरकार चुकेको उल्लेख गर्दै विपत्तिको आहत भोगेका नागरिकलाई महँगी र अभावको दोहोरो मारमा पार्नु राज्यको दायित्व हुँदैनहुने बताए।

    भान्साको महँगीकै मारका विषयमा अर्का सांसद वदनकुमार भण्डारीले धारणा राख्दै भने, `जिरा मसिनो चामल २२ सयबाट २५ सय पुगेको छ, मासको दाल किलोको १ सय ४० बाट २०० पुगेको छ, चिनी १ सय ४० कटिसकेको छ, यो ढंगबाट अनियन्त्रित मुल्यबृद्धि हुनुको कारण के हो? मूल्य वृद्धि नियन्त्रणमा सरकारको योजना के छ?´ 

    अचेल हरेकजसो संसद बैठकमा यस्ता प्रश्न सत्तारुढ दलकै सांसदबाट सरकारलाई आउने गरेको छ। सरकारसँग रास्वपाका आफ्नै सांसदसमेत सन्तुष्ट नदेखिनु जनताका सवालमा सराकार प्रतिको गम्भीर असन्तुष्टि रहेको उनीहरू स्वीकार गर्छन्।

    `अरुको गल्तीमा औंला उठाउने हामी हाम्रा कमजोरीमा पनि सुध्रनु पर्छ, जेन-जी आन्दोलनको माग यही हो, अतुले जे गरे हामीलाई त्यस्तै गर्ने छुट छैन, यस्तो हुँदा आफ्नै नेताहरू प्रतिपनि घण्टी बज्छ´ रास्वपाका एक सांसदले भने। 

     

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend