मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

अस्पताल बाहिरै `सुत्केरी´ प्रकरण : डाक्टरदेखि सुरक्षा गार्डसम्म ६ जनाको जिम्मेवारी खोसियो

अस्पताल बाहिरै `सुत्केरी´ प्रकरण : डाक्टरदेखि सुरक्षा गार्डसम्म ६ जनाको जिम्मेवारी खोसियो

images
२०८३ भाद्र २६ गते, शुक्रवार
२०८३ भाद्र २६ गते, शुक्रवार
  • सप्तरी। राजविराजको गजेन्द्रनारायण सिंह अस्पतालमा पैसा अभावमा अस्पतालले भर्ना नलिएपछि अस्पताल बाहिरै एक महिला सुत्केरी हुन बाध्य भएको घटनामा ६ कर्मचारी जिम्मेवारीबाट हटाइएका छन्।

    images

    सो प्रकरणमा अस्पतालसहित अन्य निकायबाट वास्तविकता छानबिन हुँदै गरेको अवस्थामा अन्तिम छानबिन प्रतिवेदन नआइ अर्को ब्यवस्था नहुन्जेलका लागि अस्पतालले चिकित्कस, नर्सदेखि सुरक्षा गार्डसम्म गरि ६ जना कर्मचारीलाई कामकाजबाट हटाउने निर्णय गरेको हो।

    images

    अस्पतालका निमित्त प्रमुख मेसु डा. रणजित कुमार झाका अनुसार डा. उषा देव, स्टाफ नर्सद्धय मनिषाकुमारी साह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्वीपर कृष्णा मेहतर र सुरक्षा गार्ड देवकान्त झालाई छानविन समितिको प्रतिवेदन नआउँदासम्म कामकाजबाट हटाउने निर्णय भएको छ।

    शुक्रबार नै स्वास्थ्य मन्त्री निशा मेहताले संसदमा उठेका प्रश्नहरुको जवाफ दिने क्रममा सुत्केरी प्रक्ररणमा केही घटनाका बेला डिउटीमा रहेका स्वास्थ्यकर्मी तथा कर्मचारीहरु निलम्बन गरी छानविन अघि बढाइएको जानकारी गराएकी थिइन्।

    गत बुधबार विहान ३० वर्षीया बविताकुमारी पासवानले सुत्केरी व्यथा लागेर अस्पताल पुगे पनि अस्पतालले भर्ना नलिएपछि उनले अस्पतालको मुल गेट नजिक सडक पेटीमा शिशुलाई जन्म दिएकी थिइन्।

    उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि सडकदेखि संसदसम्म स्वास्थ्य प्रणालीमाथि प्रश्न उठाइएको छ। सरकारले सो प्रकरणमा छानबिन गर्न स्वास्थ्य मन्त्रालयबाट टोली नै खटाएको छ।

    घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा.सुप्रभात श्रेष्ठ र एथिकल कमिटीका डा.अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेका छन्। सो टोलीमा स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा.पवनजंग रायमाझी पनि सहभागी छन्।

    यसैगरी स्थानीय स्तरमासमेत जिल्ला प्रशासन कार्यालयले छानविन समिति गठन गरी घटनाको बारेमा अनुसन्धान अघि बढाएको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend