बुधवार, आश्विन २८ गते २०८३    

बुधवार, आश्विन २८ गते २०८३    

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

images
२०८३ भाद्र २७ गते, शनिवार
२०८३ भाद्र २७ गते, शनिवार
  • जनकपुर। नापी कार्यालय धनुषाले नाप जाँच भएको करिब ५ वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ८ (साविक ठिला गाउँ विकास समितिका ) ३८५ परिवारलाई जग्गाधनी पुर्जा वितरण गरेको छ।

    images

    लामो समयदेखि स्ववासीका रूपमा बसोबास गर्दै आएका ३८५ परिवारले औपचारिक रूपमा आफ्नो जग्गाको कानुनी स्वामित्व प्राप्त गरेका छन्।

    images

    नापजाँच सम्पन्न भए पनि जग्गा दर्ताका लागि आवश्यक जनसहभागिता न्यून हुँदा पुर्जा वितरणको प्रक्रिया लामो समय रोकिएको थियो।

    विगतमा नापनक्सा भइसकेको जग्गाको आवश्यक प्रक्रिया पूरा गर्दै ३८५ थान जग्गाधनी पुर्जा वितरण गरिएको नापी कार्यालय धनुषए जनाएको छ।

    यसअघि सोही नगरपालिकाको वडा नं ४,५,६ र १० मा ३२ सय २६ परिवारलाई लालपुर्जा वितरण गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend