मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रेडिसन होटलमा वाणिज्य विभागको छापा, १८४ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटियो

रेडिसन होटलमा वाणिज्य विभागको छापा, १८४ वटा ग्यास सिलिन्डर लुकाएर राखेको भेटियो

images
२०८३ श्रावण २८ गते, बिहिवार
२०८३ श्रावण २८ गते, बिहिवार
  • काठमाडौँ। उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा भरी ग्यास लुकाएर राखेको भेटिएको छ।

    images

    विभागका अनुसार होटलमा मात्रै १ सय ८४ वटा भरी ग्यास सिलिन्डर फेला परेको हो। बजारमा भने उपभोक्ताले ग्यास नपाएको गुनासो बढिरहेको छ। तर होटलमा भने ठूलो परिणाममा ग्यास लुकाएर राखिएको विभागले फेला पारेको हो।

    images

    उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो। सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन्।

    विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा भरिएका सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका हुन्। त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेकोसमेत पाइएको विभागले जनाएको छ।

    उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ।

    मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend