मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन

माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न निर्देशन

images
२०८३ श्रावण ६ गते, बुधवार
२०८३ श्रावण ६ गते, बुधवार
  • काठमाडौँ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, माइतीघर क्षेत्रको डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न साझेदार कार्यालयका अधिकारीहरुलाई निर्देशन दिएकेव छन्।

    images

    मंगलवार साँझ डुवान हुने क्षेत्रको अनुगमन गर्दै उपप्रमुख डंगोलले विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, काठमाडौँ उपत्यका खानेपानी लिमिटेड, डिभिजन सडक कार्यालय काठमाडौँ र महानगरपालिकाका सम्बन्धित विभागको टोलीलाई प्रतिवेदन पेश गर्न निर्देशन दिएकी हुन्।

    images

    अनुगमनमा उपत्यका ट्राफिक प्रहरी कार्यालय, काठमाडौँ महानगरपालिकाको विपद व्यवस्थापन विभाग, सार्वजनिक निर्माण विभाग, सहरी योजना आयोग, महानगर प्रहरी बलका अधिकारी सहभागी थिए।

    `माइतीघर क्षेत्रमा ९० सेन्टिमिटरको ढल राखिएको छ। निकास हुने ठाउँमा ६० सेन्टिमिटरको ढल छ।´ अनुगमनका क्रममा डुबानको प्रारम्भिक अवस्थाका विषयमा डिभिजन सडक कार्यालय काठमाडौँका प्रमुख सुवोध देवकोटाले जानकारी दिंदै भने, `प्रारम्भिक कारण यही हो। तर, कारण यति मात्र होइन।´

    सो क्रममा अधिकारीहरुले, माइतीघर मण्डला क्षेत्र वरिपरि भवन संरचना निर्माण गर्दा ढल निकास प्रणालीमा अवरोध पुर्याएको बताउँदै यस प्रकारका अवरोध हटाउनु पर्ने पनि बताए।

    अनुगमनका क्रममा कार्यवाहक प्रमुख डंगोलले, स्थानीय प्रशासनसहित पूर्वाधार निर्माण तथा सुविधा वितरणसँग सम्बन्धित साझेदारसँगको सहकार्यमा माइतीघर मण्डला क्षेत्रको ढल प्रणालीमा देखिएका सबै प्रकारका अवरोध हटाइ डुवान मुक्त बनाइने बताइन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend