मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

च्याउ खोज्न गएका १४ जना महिला बेपत्ता

च्याउ खोज्न गएका १४ जना महिला बेपत्ता

images
२०८३ श्रावण ४ गते, सोमवार
२०८३ श्रावण ४ गते, सोमवार
  • महेन्द्रनगर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र च्याउ खोज्न गएका १४ जना महिला बेपत्ता भएका छन्। 

    images

    शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएको रणसिंह दल गणका अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र आइतबार च्याउ खोज्न भन्दै १४ जना महिलाको समूह प्रवेश गरेका थिए।

    images

    उनीहरू सोमबार बिहानसम्म पनि सम्पर्कविहीन रहेको र सेनाले खोजी जारी राखेको जनाएको छ।

    सम्पर्कविहीन हुनेमा बागफाँटाका कनी चौधरी, सविता चौधरी, सानी चौधरी, सकिया चौधरी, रमा चौधरी, लक्ष्मी चौधरी, मनीषा चौधरी, रिता चौधरी, सुनिता चौधरी, विमला आग्री, सुमित्रा सुनार, शान्ति सुनार, प्रतीक्षा सुनार र सिवानी सुनार छन्।

    निकुञ्जका प्रमुख चन्द्रशेखर चौधरीका अनुसार उनीहरू भीमदत्त नगरपालिका–१९ बागफाँटाबाट प्रवेश गरेका थिए। उनका अनुसार नेपाली सेना, नेपाल प्रहरी र निकुञ्ज प्रशासनको टोलीले हात्तीसहित सम्पर्कविहीन महिलाहरूको खोजी गरिरहेको छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend