मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

जलबिरे नजिकै तीन वटा सवारीसाधन एकापसमा ठोक्कियो, २६ यात्रु घाइते

जलबिरे नजिकै तीन वटा सवारीसाधन एकापसमा ठोक्कियो, २६ यात्रु घाइते

images
२०८३ श्रावण ३ गते, आइतवार
२०८३ श्रावण ३ गते, आइतवार
  • चितवन। मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत पर्ने चितवनको इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै तीन वटा सवारीसाधन एकापसमा ठोक्किँदा २६ जना यात्रु घाइते भएका छन्।

    images

    काठमाडौँबाट दाङतर्फ जाँदै गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस, सर्लाहीबाट काठमाडौँतर्फ जाँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस र सोही दिशाबाट पछाडि आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रक आइतबार बिहान करिब ७ः१० बजे एकआपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

    images

    जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार दुर्घटनामा घाइते भएका यात्रुलाई तत्कालै उद्धार गरी एम्बुलेन्समार्फत उपचारका लागि भरतपुर पठाइएको छ। 

    प्रहरीका अनुसार दुर्घटनापछि अवरुद्ध बनेको सो सडक–खण्ड सवारी साधन हटाएर सुचारु गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend