मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक

नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक

images
२०८३ श्रावण २ गते, शनिवार
२०८३ श्रावण २ गते, शनिवार
  • चितवन। जिल्ला प्रशासन कार्यालय चितवनले बाढी तथा पहिरोको जोखिमलाई मध्यनजर गर्दै आज राति १० बजेदेखि नारायणगढ–मुग्लिन–काठमाडौं सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाएको छ।

    images

    जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार साँझ सूचना जारी गर्दै धादिङलगायत छिमेकी जिल्ला तथा चितवनका विभिन्न स्थानमा वर्षा भइरहेको र अझै वर्षा बढ्ने मौसम पूर्वानुमान रहेकाले अर्को सूचना जारी नहुँदासम्मका लागि सो सडकखण्डमा सबै प्रकारका सवारीसाधन सञ्चालनमा रोक लगाइएको जनाएको हो।

    images

    सूचनामा सम्भावित बाढी, पहिरो र सडक दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै रात्रिकालीन सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको उल्लेख छ।

    प्रशासनले अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा कुनै पनि प्रकारका सवारीसाधन सञ्चालन नगर्न अनुरोध गरेको छ। यसबाट यात्रुहरूमा पर्न गएको असुविधाप्रति जिल्ला सुरक्षा समिति चितवनले क्षमायाचना समेत गरेको छ।

    प्रशासनले आपत्कालीन अवस्था वा आवश्यक समन्वयका लागि नेपाल प्रहरीको १००, सशस्त्र प्रहरी बल नेपालको १११४, जिल्ला आपत्कालीन सञ्चालन केन्द्र (डीईओसी) को १२३४ तथा जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारीको मोबाइल नम्बर ९८५५०१३९९९ मा सम्पर्क गर्न अनुरोध गरेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend