मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बाढी पहिरोको असर  : नौ मुख्य सडक पूर्ण रुपमा अबरुद्ध

बाढी पहिरोको असर  : नौ मुख्य सडक पूर्ण रुपमा अबरुद्ध

images
२०८३ श्रावण २ गते, शनिवार
२०८३ श्रावण २ गते, शनिवार
  • काठमाडौँ । देशका विभिन्न भागमा भइरहेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोका कारण चार प्रदेश अन्तर्गत पर्ने नौ मुख्य सडक पूर्ण रुपमा अबरुद्ध भएको छ।

    images

    नेपाल प्रहरीले शनिबार बिहान ८ बजे सार्वजनिक गरेको विवरण अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका नौ वटा सडक पूर्ण रूपमा अबरुद्ध छन्।

    images

    कोशी प्रदेश अन्तर्गत मेची राजमार्गका दुई ठाउँमा सडक पूर्ण अवरुद्ध भएको छ। इलामको राजदुवाली र ताप्लेजुङको खोक्से खोलामा पहिरो र वर्षाका कारण यातायात पूर्ण रूपमा बन्द छ। सो प्रदेशमा भोजपुरको मध्य पहाडी लोकमार्गमा भने बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा रहेको छ। सो सडक खण्डमा अर्को बैकल्पिक बाटोसमेत भएको प्रहरीले जनाएको छ।

    यसैगरी बागमती प्रदेशमा सम्भावित बाढी र पहिरोको जोखिमलाई मध्यनजर गर्दै काभ्रेको विपि राजमार्ग र मकवानपुरको कान्ति लोकपथमा सुरक्षाका कारण सवारी साधन चल्न दिइएको छैन।

    यस्तै, अरनिको राजमार्ग अन्तर्गत सिन्धुपाल्चोकको जिरोकिलो र कोदारीमा पहिरोका कारण सडक पूर्ण रूपमा अवरुद्ध छ। नुवाकोटको ककनीमा पनि तीन पिप्ले-बन्चरे डाँडा सडक पहिरोले पूर्ण रूपमा अवरुद्ध छ।

    गण्डकी प्रदेशको बागलुङस्थित कालीगण्डकी करिडोर र गोरखाको आरुघाट–माछीखोला सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध छ।

    यस्तै लुम्बिनी प्रदेशमा पनि अर्घाखाँचीको सालझन्डी–ढोरपाटन सडक र रोल्पाको घोराही–थवाङ सहिद राजमार्ग पहिरोका कारण पूर्ण रूपमा बन्द छ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend