रुकुम। रुकुम (पश्चिम), मुसिकोट-१३ निवासी महिलालाई जटिल प्रसूति समस्या भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी सुर्खेत पुऱ्याईएको छ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजना अन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरीहरुको उद्धार गर्दै आइरहेको छ।
उक्त हवाई उद्धार कार्यक्रम अन्तर्गत असार ३१ गते रुकुम (पश्चिम), मुसिकोट-१३ निवासी महिलालाई जटिल प्रसूति समस्या भएकोपछि थप उपचारको लागि नेपाली सेनाको हवाई साधनमार्फत सुर्खेत पुऱ्याईएको नेपाली सेनाले जानकारी दिएको हो।



