मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

निजी अस्पतालमा उपचार गर्ने बिरामीलाई आजबाट थपियो आर्थिक भार

निजी अस्पतालमा उपचार गर्ने बिरामीलाई आजबाट थपियो आर्थिक भार

images
२०८३ श्रावण १ गते, शुक्रवार
२०८३ श्रावण १ गते, शुक्रवार
  • काठमाडौँ। सरकारले आर्थिक वर्ष २०८३/०८४ देखि स्वास्थ्य क्षेत्रमा लगाएको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ आजदेखि लागू भएको छ।

    images

    सरकारले निजी स्वास्थ्य सेवा लिने वर्गका लागि वजेट वक्तव्य मार्फत घोषणा गरेको ३ प्रतिशत ‘स्वास्थ्य समता शुल्क’ नयाँ आर्थिक वर्ष सुरु भएसँगै लाग्ने भएको हो। आजबाट नयाँ आर्थिक वर्ष २०८३/०८४ सुरु भएको छ।

    images

    यो ३ प्रतिशत कर अब निजी अस्पताल, नर्सिङ होम, पोलिक्लिनिक, ल्याब तथा निजी मेडिकल कलेजमा उपचार सेवा लिँदा बिरामीले तिर्नु पर्नेछ। अर्थात यसको भार सिधै अब बिरामीमा पर्ने छ। तर सरकारी अस्पताल तथा स्वास्थ्य संस्थामा उपचारमा जाने बिरामीलाई भने यो कर लाग्ने छैन।

    नयाँ व्यवस्थाअनुसार निजी स्वास्थ्य संस्थाले बिरामीबाट असुल गर्ने सबै सेवा शुल्कमा ३ प्रतिशतका दरले स्वास्थ्य समता शुल्क थप हुनेछ।

    सरकारले समता शुल्क बापत लिइने रकम गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार तथा स्वास्थ्यसम्बन्धी पूर्वाधार निर्माणमा खर्च गरिने बताएको छ।

    निजी स्वास्थ्य संस्थाले बिलमार्फत शुल्क उठाएर प्रत्येक चौमासिक समाप्त भएको २५ दिनभित्र सम्बन्धित आन्तरिक राजस्व कार्यालयमा दाखिला गर्नुपर्ने व्यवस्था गरिएको छ।

    शुल्क नतिरे वा छली गरेको पाइए कर अधिकृतले शुल्क निर्धारण गर्न सक्नेछन्। निर्धारित समयमा रकम दाखिला नगरे वार्षिक १५ प्रतिशत ब्याज लाग्नेछ भने विवरण बुझाउन ढिलाइ गरे प्रतिविवरण एक हजार रुपैयाँ जरिबाना र शुल्क छली पुष्टि भए थप २५ प्रतिशत जरिबाना लाग्ने कानुनी ब्यवस्था गरिएको छ।

    सरकारको निर्णयप्रति भने उपभोक्ता अधिकारकर्मी र निजी अस्पताल सञ्चालकहरूले असन्तुष्टि जनाएका छन्। उनीहरूले यसबाट उपचारको खर्च बढ्ने र यसको प्रत्यक्ष भार बिरामीमाथि पर्ने बताएका छन्।

    निजी अस्पतालहरूको छाता संगठन एशोसियशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष डा. पदम खड्काले सरकारले तोकेको व्यवस्थाअनुसार बिरामीबाट ३ प्रतिशत स्वास्थ्य समता शुल्क उठाएर सरकारलाई बुझाइने बताए।

    `सरकारले बिरामीबाट उठाउ भनेको छ, अब निजी अस्पतालमा उपचारमा आउने सबैलाई ३ प्रतिशत समता शुल्क थपिन्छ।´ डा. खड्काले भने।

    निजी मेडिकल तथा डेन्टल कलेज संघ नेपालका अध्यक्ष प्राडा ज्ञानेन्द्रमानसिंह कार्कीले निजी अस्पतालहरुले वार्षिक रुपमा सरकारलाई कर बुझाउँदै आएकोमा अब बिरामीबाट पनि थप कर उठाएर बुझाउ भनिएको बताए। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend