मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कार्यालयमा ६० दिनभन्दा बढी अनुपस्थित हुने २३ कर्मचारीलाई कारबाही गर्दै स्वास्थ्य मन्त्रालय, को कहाँका?

कार्यालयमा ६० दिनभन्दा बढी अनुपस्थित हुने २३ कर्मचारीलाई कारबाही गर्दै स्वास्थ्य मन्त्रालय, को कहाँका?

images
२०८३ आषाढ ३२ गते, बिहिवार
२०८३ आषाढ ३२ गते, बिहिवार
  • काठमाडौँ।  ६० दिनभन्दा बढी समयदेखि कार्यालयमा अनुपस्थित रहेका २३ जना स्वास्थ्य सेवाका कर्मचारीलाई स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कारबाहीको चेतावनी दिएको छ।

    images

    मन्त्रालयले बिहीबार एक सार्वजनिक सूचना मार्फत लामो समयदेखि स्वीकृतिबिना कार्यालयमा अनुपस्थित रहेका स्वास्थ्य सेवाका २३ कर्मचारीहरुको नामावली सार्वजनिक गरेको छ। सूचनामा उनीहरूलाई सेवाबाट किन नहटाउने भनी प्रश्न गर्दै कारबाहीको चेतावनी दिइएको हो।

    images

    मन्त्रालयले सूचनामार्फत भनेको छ, `नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ७४ को उपदफा (१) को खण्ड (ज) बमोजिम बिदा स्वीकृत नगराई लगातार ६० दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको अवस्था देखिएकोले उनीहरूलाई सोही ऐनको दफा ७२ को खण्ड (ख) को उपखण्ड (१) बमोजिम भविष्यमा स्वास्थ्य सेवाको निमित्त अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय किन नगर्ने?´

    मन्त्रालयले विभागीय सजाय नगर्नु पर्ने कुनै कारण भए सूचना प्रकाशित भएको मितिले १५ दिन भित्र आफ्नो सफाइ पेश गर्न पनि सम्बन्धित कर्मचारीहरुलाई भनेको छ।

    यस्तो  कारबाही प्रक्रियाको दायरामा पर्नेहरूमा  वीर अस्पताल, राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र भक्तपुर, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, कान्ति बाल अस्पताल महाराजगन्ज र आयुर्वेद चिकित्सालय नरदेवीमा कार्यरत डाक्टर, नर्स, ल्याब टेक्नोलोजिस्ट लगायतको नाम छ ।

    यी हुन् अनुपस्थित हुनेहरु

    १. डा. अमित रौनियार, क. रेडियोलोजिस्ट (नवौं)
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    २. सुनिता कुमारी यादव, नर्सिङ अधिकृत (सातौं)
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ३. साहिदा सुव्बा, अस्पताल नर्सिङ निरीक्षक (छैटौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ४. अनिता बसेल, अस्पताल नर्सिङ निरीक्षक (छैटौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ५. अन्जुकला राई, स्टाफ नर्स (पाचौं), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ६. सरस्वती अर्याल, स्टाफ नर्स (पाचौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ७. सकिता चौलागाईं, स्टाफ नर्स (पाचौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ८. प्रतिक्षा ढकाल, स्टाफ नर्स (पाचौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ९. गायत्री हमाल, स्टाफ नर्स (पाचौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    १०. डा. सुधक शाही, मेडिकल अधिकृत (आठौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    ११. डा. रक्षा उप्रेती, मेडिकल अधिकृत (आठौं), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    १२. डा. प्रशान्त कुमार गुप्ता, मेडिकल अधिकृत (आठौं),
    चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    १३. डा. विनित कुमार झा, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट (दशौं), चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल

    १४. पुष्पा क्षेत्री, पब्लिक हेल्थ नर्सिङ अधिकृत (छैटौं), राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुर

    १५. सुनिता सिंह, स्टाफ नर्स (पाचौं),
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

    १६. बिन्दु निरौला, स्टाफ नर्स (पाचौँ),
    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकु

    १७. डा. मृदुल प्रसाद जोशी, कन्सल्टेन्ट पेडियाट्रिक सर्जन (नवौं), कान्ति बाल अस्पताल, महाराजगञ्ज

    १८. चित्रा कुमारी घिमिरे, स्टाफ नर्स (पाँचौं)
    कान्ति बाल अस्पताल, महाराजगञ्ज

    १९. डा. सुजित कुमार झा, मेडिकल अधिकृत (आठौं), कान्ति बाल अस्पताल, महाराजगञ्ज

    २०. डा. अंशु झा, वरिष्ठ कन्सल्टेन्ट पेडियाट्रिसियन
    कान्ति बाल अस्पताल, महाराजगञ्ज

    २१. डा. दोस्ती रेग्मी, मेडिकल अधिकृत (आठौं), कान्ति बाल अस्पताल, महाराजगञ्ज

    २२. सृजना विसी, अस्पताल नर्सिङ निरीक्षक (छैटौं),
    कान्ति बाल अस्पताल, महाराजगञ्ज

    २३. सरोज अधिकारी, मेडिकल ल्याब टेक्नोलोजिस्ट (आठौं), आयुर्वेद चिकित्सालय, नरदेवी, काठमाडौं

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend