मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारले लिए शपथ

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारले लिए शपथ

images
२०८३ आषाढ ३१ गते, बुधवार
२०८३ आषाढ ३१ गते, बुधवार
  • काठमाडौँ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले कैलालीको गेटास्थित सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई पद तथा गोपनियताको शपथ गराएका छन्।

    images

    मन्त्रालयमा बुधबार आयोजित कार्यक्रममा मन्त्री पोखरेलले नवनियुक्त उपकुलपति प्रा. डा. सुनिल कुमार जोशी र रजिष्ट्रारलाई डा भीमबहादुर चन्दलाई पद तथा गोपनियताको शपथ गराएका हुन्।

    images

    आज शिक्षा मन्त्रालयमा भएको विश्वविद्यालय सभाको बैठकले योग्यताक्रममा पहिलो नम्बरमा रहेका प्रा. डा. र जोशीलाई उपकुलपतिमा तथा डा चन्दलाई रजिष्ट्रारमा नियुक्त गरेको थियो।

    सिफारिस समितिका संयोजक प्रा. डा. जयराज अवस्थीले सहकुलपति तथा सभाध्यक्ष एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलमार्फत सभामा सिलबन्दीमा रहेको योग्यताक्रमसहितको प्रतिवेदन पेश गरेका थिए। त्यसपछि मन्त्री पोखरेलले सिफारिस भएका नाम सार्वजनिक गर्दै नियुक्तिको जानकारी दिएका थिए।

    मन्त्री पोखरेलले मेडिकल क्षेत्रका १० जना विज्ञको सिफारिस प्रक्रिया १० जना मेडिकल क्षेत्रकै विज्ञबाट गरिएको मूल्याङ्कनका आधारमा स्वच्छ, निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न भएको बताए।

    उनले उक्त मूल्याङ्कनका आधारमा सिफारिस समितिले योग्यताक्रम निर्धारण गरी नाम सिफारिस गरेको उल्लेख गर्दै नवनियुक्त पदाधिकारीको नेतृत्वमा विश्वविद्यालयमा यही वर्षदेखि पठनपाठनसहितका शैक्षिक तथा प्रशासनिक कार्य प्रारम्भ हुने विश्वास व्यक्त गरे।

    सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐनको दफा २५ अनुसार सिफारिस समितिले योग्यताक्रमसहित तीन जनाको नाम सिफारिस गर्ने र तीमध्ये योग्यताक्रममा पहिलो स्थानमा रहेका उम्मेदवारलाई नियुक्त गर्ने कानुनी व्यवस्था रहेको छ। वैठकमा सहकुलपतिद्धय शिक्षामन्त्री पोखरेल र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता उपस्थिति थियो।

    को हुन नवनियुक्त उपकुलपति र रजिष्ट्रार 

    उपकुलपति प्रा.डा. सुनिलकुमार जोशी ‘इन्जुरी प्रिभेन्सन एन्ड सेफ्टी प्रोमोसन’ विषयमा विनायक मिसन विश्वविद्यालयबाट विद्यावारिधि गरेका छन्। उनले विभिन्न स्वदेशी तथा विदेशी विश्वविद्यालयमा प्राध्यापकका रुपमा अध्यापन तथा अनुसन्धानमा योगदान दिँदै आएका छन्।
    यसअघि उनले सहिद दशरथचन्द्र स्वास्थ्य विज्ञान विश्वविद्यालयको संस्थापक कुलपतिका रुपमा समेत काम गरेका थिए।

    जोशीले अक्सपोर्ड विश्वविद्यालयको विभागीय सदस्यको रुपमा पनि जोशीले काम गरेका छन्। काठमाडौँ चाबहिलका स्थानीय बासिन्दा जोशीले एमडी, एमफिल, पिएचडी, पिजिडिडि, एफआरएसपिएचलगायतका शैक्षिक उपाधी हासिल गरेका छन्।

    चिकित्सा शिक्षा र जनस्वास्थ्यसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रियस्तरका अनुसन्धानहरुमा उनको सक्रिय संलग्नता रहेको छ।

    त्यसैगरी, नवनियुक्त रजिष्ट्रार डा. भिमबहादुर चन्द विगत २५ वर्षदेखि स्वास्थ्य सेवा तथा स्वास्थ्य प्रशासनमा क्रियाशील ब्यक्ति हुन। उनले अस्पताल व्यवस्थापन विषयमा स्नातकोत्तर र विद्यावारिधि हासिल गरेका छन्।

    यसअघि उनले सहिद दशरथचन्द्र स्वास्थय विज्ञान विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यको रुपमा पनि जिम्मेवारी निर्वाह गरिसकेका छन्।

    बैतडीको पाटन नगरपालिका १ का स्थायी बासिन्दा चन्दले नेपाल मेडिकल काउन्सिलको कार्यकारी परिषद् सदस्यको रुपमा समेत योगदान दिइसकेका छन्। स्वास्थ्य सेवा व्यवस्थापन, नीति निर्माण तथा संस्थागत विकासमा उनको लामो अनुभव रहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend