मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हुम्लामा सुरुभयो ई–पेन्सन प्रणालीमार्फत पेन्सन पट्टा वितरण

हुम्लामा सुरुभयो ई–पेन्सन प्रणालीमार्फत पेन्सन पट्टा वितरण

images
२०८३ आषाढ १८ गते, बिहिवार
२०८३ आषाढ १८ गते, बिहिवार
  • काठमाडौँ। राष्ट्रिय किताबखाना (निजामती) ले कार्यान्वयनमा ल्याएको ई–पेन्सन (E-Pension) प्रणाली अन्तर्गत कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले पहिलो पटक जिल्लाबाटै पेन्सन पट्टा वितरण गरेको छ। 

    images

    २०८३ साल असार १७ गते सिमकोट गाउँपालिकाबाट सेवा निवृत्त भएका कार्यालय सहयोगी दान बहादुर शाही लाई जिल्लाकै पहिलो सेवाग्राहीका रूपमा पेन्सन पट्टा हस्तान्तरण गरिएको हो।

    images

    पेन्सन पट्टा हस्तान्तरण गर्दै कार्यालय प्रमुख अंग बहादुर कार्कीले ई–पेन्सन प्रणाली लागू भएसँगै अब सेवा निवृत्त कर्मचारीले पेन्सन पट्टाका लागि काठमाडौं जानुपर्ने बाध्यता अन्त्य भएको बताए।

    पहिलो सेवाग्राही शाहीले जिल्लामै सेवा प्राप्त हुँदा समय र खर्च बचत भएको भन्दै खुशी व्यक्त गरे। ई–पेन्सन प्रणाली कार्यान्वयनसँगै हुम्लाका सेवा निवृत्त कर्मचारीले अब आफ्नै जिल्लाबाट छिटो, सरल, सुलभ तथा प्रभावकारी रूपमा पेन्सन सम्बन्धी सेवा प्राप्त गर्ने वातावरण बनेको कोष तथा लेखा नियन्त्रक कार्यालय, हुम्लाले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend