मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

हेटौंडा रातोमाटेमा इभी माइक्रो दुर्घटना, ६ जना घाइते

हेटौंडा रातोमाटेमा इभी माइक्रो दुर्घटना, ६ जना घाइते

images
२०८३ आषाढ १६ गते, मंगलवार
२०८३ आषाढ १६ गते, मंगलवार
  • हेटौंडा। हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्ट नजिक ईभी माइक्रो दुर्घटना हुँदा छ जना यात्रु घाइते भएका छन्।

    images

    महेन्द्र राजमार्गअन्तर्गत पर्ने सो सडक खण्डमा वीरगन्जबाट काठमाडौँतर्फ जाँदै गरेको बा‍‍ प्र ०६–००१ ज ०४६९ नम्बरको ईभी माइक्रो आज दिउँसो जङ्गली जनावरले बाटो काट्दा चिप्लिएर दुर्घटनामा परेको प्रहरीले जनाएको हो।

    images

    जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले सो माइक्रोमा चालकसहित आठ जना सवार रहेको पाइएको जानकारी दिए। उनका अनुसार दुर्घटनामा घाइते भएकाहरूलाई उपचारका लागि हेटौँडा अस्पताल पुर्याइएको छ।

    यस्तै माइक्रोका चालक काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१० का ५६ वर्षीय दिलीप सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend