मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

गृहमन्त्रीले `अम्लेट´ खाँदा पर्यो माछाको काँडा, होटललाई तीन लाख जरिवाना

गृहमन्त्रीले `अम्लेट´ खाँदा पर्यो माछाको काँडा, होटललाई तीन लाख जरिवाना

images
२०८३ आषाढ ९ गते, मंगलवार
२०८३ आषाढ ९ गते, मंगलवार
  • चितवन। गृहमन्त्री सुधन गुरुङले चितवन स्थित एक होटलमा आज बिहान `ब्रेकफास्ट´ खाँदा `अम्लेट´मा माछाको काँडा भेटिएपछि स्थानीय प्रशासनले होटललाई कारबाही गरेको छ।

    images

    भरतपुरको एयरपोर्ट अगाडि रहेको होटल लर्ड्स बिजनेस कम्प्लेक्स प्रालिमा गृहमन्त्री गुरुङले मंगलबार बिहान फ्रेकफास्ट खाएका थिए। सो क्रममा अम्लेटमा माछाको काँडा भेटिएको थियो।

    images

    सो घटनापछि जिल्ला प्रशासन कार्यालय चितवनले सहायक प्रमुख जिल्ला अधिकारीसहित खाद्य तथा गुणस्तर मापन कार्यालयको टोलीबाट होटलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा कैफियत भेटिएपछि होटललाई जरिवाना गरिएको हो। होटललाई ३ लाख रुपैयाँ जरिवाना तिराइएको छ।

    होटलमा अनुगमनका क्रममा गुणस्तरहीन तेलको प्रयोग गरिएको र तरकारी ताजा नभएको भन्दै जिल्ला प्रशासन कार्यालय चितवनले ३ लाख रुपैयाँ जरिवाना गरिएको जनाएको छ।

    जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत मदन लामा थिङले उपभोक्ताको स्वास्थ्यमा प्रतिकुल असर पर्ने खाद्यान्न खुवाएकोले जरिवाना गरिएको एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend