मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कक्षा ११ र १२ को छात्रवृत्ति

३२ सय ९७ जनाको आवेदन : ५८६ जना मनोनयन सूचीमा

३२ सय ९७ जनाको आवेदन : ५८६ जना मनोनयन सूचीमा

images
२०८३ आषाढ ९ गते, मंगलवार
२०८३ आषाढ ९ गते, मंगलवार
  • काठमाडौँ। शैक्षिक सत्र २०८३।०८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयनका लागि ३ हजार २९७ जनाको आवेदन प्राप्त भएकोमा ५८६ जनालाई मनोनयन गरिएको छ। 

    images

    महानगरपालिकाको शिक्षा विभागका प्रमुख नमराज ढकालका अनुसार शिक्षा विषयका लागि २ जना, मानविकीमा ६ जना, कानुनमा २३ जना, व्यवस्थापनमा २७३ जना र विज्ञानमा २८२ जना विद्यार्थी मनोनयन हुने भएका हुन्।

    images

    विद्यार्थीले आवेदन गर्दा विषय र शिक्षण संस्था छनोट नगरेका विद्यालयहरुमा अझै पनि १ हजार कोटा खाली छ। परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्का भन्छन्, ‘विद्यार्थीको आवश्यकताका आधारमा खाली कोटामा विद्यार्थीहरुलाई भर्नाका लागि शिफारिस प्रदान गर्न सकिनेछ।’

    शिक्षा अधिकृत प्रल्हाद खतिवडाका अनुसार पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयन (र्यापअप) मा समावेश हुन चाहेका परीक्षार्थीहरूलाई विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गर्न असार ४ गते विहान १० बजेदेखि ८ गते साँझ ५ बजेसम्मको अवधि दिइएको थियो।

    सो अवधिमा प्राप्त भएका आवेदनमा शिक्षा विषयका लागि २ जना, मानविकीका लागि ६ जना, कानुनका लागि ४४ जना, व्यवस्थापनका लागि ३२७ जना, विज्ञानका लागि २ हजार ९१८ जना विद्यार्थी छन्। यसमा १ हजार १४२ जना छात्रा, २ हजार १५४ जना छात्र र १ जना अन्य  छन्। मनोनयनमा परेका विद्यार्थीहरुले असार ११ गतेभित्र तोकिएको शिक्षण संस्थामा भर्ना भइसक्नुपर्नेछ।

    यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थामा ४ हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट ३ हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना जना गरी ३ हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका १ हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको थियो।

    काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भएका थिए। छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूची (म्याचिङ् लिष्ट) मा ३ हजार ७३५ विद्यार्थी थिए। यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो।

    यीमध्ये १ हजार ९०१ जना बिज्ञान विषयमा, व्यवस्थापनमा १ हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा ५ जना विद्यार्थी भर्ना भएका हुन्। यसरी भर्ना भएका विद्यार्थीहरुको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ् लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गरेको थियो।

    शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीका लागि १ जना र शिक्षाका लागि २ जना विद्यार्थीको नाम शिफारिस भएका थिए। यसमध्ये २३० जना विद्यार्थी भर्ना भए।

    छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो। १८ गतेदेखि २० गते सम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो। यस अवधिमा ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन परेको थियो। यीमध्ये ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend