मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

रास्वपा महाधिवेशन स्थलमा किन चल्यो डोजर?

रास्वपा महाधिवेशन स्थलमा किन चल्यो डोजर?

images
२०८३ आषाढ ७ गते, आइतवार
२०८३ आषाढ ७ गते, आइतवार
  • चितवन। राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशन स्थल चितवनको भरतपुरमा डोजर चलाइएको छ। तर यो कुनै संरचना भत्काउन भने होइन, राति पानी परेर महाधिवेशन स्थल जलमग्न भएपछि माटो हालेर सम्याउनका लागि हो।

    images

    शुक्रबार राति परेको पानीका कारण महाधिवेशन स्थलमा पानी जमेको छ। जहाँ आज रास्वपाको महाधिवेशन उद्घाटन हुँदैछ। महाधिवेशन स्थल पानी जमेर हिलाम्य भएपछि आज बिहानैदेखि रास्वपाका शीर्ष नेतादेखि गृहमन्त्री र प्रहरीका प्रमुखसम्मले निरीक्षण गरेका थिए।

    images

    गृहमन्त्री सुधन गुरुङ आज विहान महाधिवेशन स्थलको निरीक्षणमा पुग्दा चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले उनलाई अवस्था बारे जानकारी गराएका थिए। त्यसपछि गिट्टी र माटो हालेर डोजर प्रयोग गरी सम्याइएको हो।

    अहिले महाधिवेशन स्थलमा धमाधम डोजर प्रयोग गरेर माटो सम्याउने काम चलिरहेको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend