मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

दुई चिकित्सकसहित ५ जना पक्राउ

दुई चिकित्सकसहित ५ जना पक्राउ

images
२०८३ आषाढ ५ गते, शुक्रवार
२०८३ आषाढ ५ गते, शुक्रवार
  • बाँके। प्रहरीले नेपालगन्ज यातायात व्यवस्था कार्यालयबाट दुई चिकित्सकसहित ५ जनालाई पक्राउ गरेको छ।

    images

    जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले जिम्मेवारी नभएको अनधिकृत काम गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जानकारी दिए।

    images

    राठौरका अनुसार सवारी चालक अनुमतिपत्र लिन तथा सवारी चालक अनुमतिपत्र नवीकरण गर्न आवश्यक पर्ने आधिकारिक व्यक्तिमार्फत मेडिकल जाँच गरी चिकित्सकीय मेडिकल रिर्पोट दिनुपर्नेमा २ सय रूपैयाँ लिई निरोगिताको प्रमाणपत्र वितरण गरेकाले उनीहरूलाई पक्राउ गरिएको हो।

    प्रहरीले पक्राउ परेका चिकित्सकसहित बिचौलियाको नाम गोप्य राखेको छ।२ सय रूपैयाँ लिएर सो निरोगिताको प्रमाणपत्र वितरण भएको सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयले टोली परिचालन गरी निगरानी गरेको थियो। सो क्रममा उनीहरू पक्राउ परेका हुन्।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend