मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कक्षा ११ र १२ को छात्रवृत्ति

अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला

अन्तिम मनोनयनका लागि पुनः अनलाइन आवेदन खुला

images
२०८३ आषाढ ४ गते, बिहिवार
२०८३ आषाढ ४ गते, बिहिवार
  • काठमाडौँ। शैक्षिक सत्र २०८३/०८४ मा कक्षा ११ र १२ का लागि अन्तिम मनोनयन आवेदनका लागि काठमाडौँ महानगरपालिकाले सूचना जारी गरेको छ।

    images

    छात्रवृत्ति परीक्षा समितिले आज प्रकाशन गर्दै, पहिलो र दोस्रो मनोनयन सूचीमा नपरेका र अन्तिम मनोनयन (र्यापअप) मा समावेश हुन चाहेका परीक्षार्थीहरूले विषय र शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी अनलाइन फाराम भर्न सूचित गरेको छ।

    images

    यस वर्षका लागि महानगरपालिकाभित्रका १४५ वटा शिक्षण संस्थामा ४ हजार ८५७ कोटा निर्धारण गरिएकोमा निर्धारित कोटामध्ये पहिलो मनोनयन सूचीबाट ३ हजार ५१ जना विद्यार्थी, दोस्रो सूचीबाट २३० जना जना गरी ३ हजार २८१ जना विद्यार्थी भएपछि बाँकी रहेका १ हजार ५७६ कोटाका लागि विषय र शिक्षण संस्थाको प्राथमिकता छान्न अवसर प्रदान गरिएको परीक्षा समितिका संयोजक एवं शिक्षा अधिकारी नमराज ढकालले जानकारी दिए।

    महानगरपालिकाअन्तर्गत सञ्चालनमा रहेका संस्थागत शिक्षण संस्थाहरूमा प्रथम मनोनयन सूची र दोस्रो मनोनयन सूचीबाट तोकिएको समयावधिभित्र भर्ना भएका विद्यार्थीको विवरण शिक्षण संस्थाले अद्यावधिक गरेका आधारमा वाँकी रहेका शिक्षण संस्थागत विषयगत सिट संख्यामा अन्तिम मनोनयन (र्यापअप) गर्नका लागि सूचना प्रकाशन गरिएको हो।

    आवेदन आज विहान १० बजेबाट खुला भइसकेको छ भने असार ८ गते साँझ ५ बजेसम्ममा आवेदन दिइसक्नुपर्नेछ। 

    अनलाइन फाराम कसरी भर्ने?

    इन्ट्रान्स डट जीओभी डट एनपबाट पहिलेझै सिम्बोल नं. अल्फाबेट, जन्ममिति र पासवर्ड (इमेल÷मोबाइलमा प्राप्त) प्रयोग गरी आफूले अध्ययन गर्न चाहेको कुनै एक विषय छनोट गरी (पहिले छानेको विषयभन्दा फरक विषयसमेत छनोट गर्न पाउने) सिट रिक्त भएका सबै वा इच्छाएको शिक्षण संस्थाको प्राथमिकता क्रम छनोट गरी पुनः आवेदन (रि अप्लाई) गर्न सकिन्छ।

    रिक्त रहेका शिक्षण संस्था यकिन गरेर मात्र आफूले अध्ययन गर्न चाहेको विषय र शिक्षण संस्था छनोट गर्न सकिन्छ। अन्तिम मनोनयनको आधार अन्तिम मनोनयन गदा विद्यार्थीहरूको एकमुष्ट योग्यता क्रम (ओभरअल मेरिट) का आधारमा विषयगत रूपमा गरिनेछ।

    यस अघि के के भयो 

    काठमाडौँ महानगरपालिकाभित्रको छात्रवृत्ति छनोट परीक्षाको पहिलो म्याचिङ् लिष्टबाट ३ हजार ५१ जना विद्यार्थी छात्रवृत्ति कोटामा भर्ना भए। छात्रवृत्ति छनोट परीक्षाबाट योग्यता क्रमको अन्तिम सूचीमा प्रकाशित नामबाट पहिलो मनोनयन सूची (म्याचिङ् लिष्ट) मा ३ हजार ७३५ विद्यार्थी थिए। यी विद्यार्थीलाई जेठ २७ गतेभित्र भर्ना भइसक्न समय दिइएको थियो।

    यीमध्ये १ हजार ९०१ जना बिज्ञान विषयमा, व्यवस्थापनमा १ हजार १११ जना, कानुनमा ३४ जना र मानविकीमा ५ जना विद्यार्थी भर्ना भएका हुन्। यसरी भर्ना भएका विद्यार्थीहरुको विवरण सफ्टवेयरमा प्रविष्ट गराएपछि रिक्त हुन आएका बाँकी सिटका आधारमा परीक्षा समितिले म्याचिङ् लिष्टको दोस्रो सूचीमा ४८६ जनाको नाम प्रकाशन गर्‍यो।

    शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार दोस्रो सूचीमा विज्ञान विषयका लागि ३२३ जना, व्यवस्थापन विषयका लागि १४५ जना, कानुनका लागि १५ जना, मानविकीका लागि १ जना र शिक्षाका लागि २ जना विद्यार्थीको नाम शिफारिस भएका थिए। यसमध्ये २३० जना विद्यार्थी भर्ना भए।

    छात्रवृत्ति छनोटका लागि जेठ १७ गते लिइएको परीक्षाको १८ गते प्रारम्भिक योग्यता सूची र २१ गते अन्तिम सूची प्रकाशित भएको थियो। १८ गतेदेखि २० गते सम्म पुनर्योग र विवरण सच्याउन समय दिइएको थियो  यस अवधिमा ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन परेको थियो। यीमध्ये ओएमआर उत्तरपुस्तिकालाई कम्प्युटर प्रणाली र म्यानुअल गरी दुवै विधिबाट परीक्षण गरिएको थियो।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend