मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

सूर्यविनायक-६ : उज्यालो र विकसित वडाको रुपमा अगाडि बढ्दै

सूर्यविनायक-६ : उज्यालो र विकसित वडाको रुपमा अगाडि बढ्दै

images
२०८३ आषाढ १ गते, सोमवार
२०८३ आषाढ १ गते, सोमवार
  • भक्तपुर। सूर्यविनायक नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष ईश्वर खड्काले आफ्नो वडा उज्यालो र विकसित वडाको रुपमा अघि बढेको बताएका छन्।

    images

    क्रियासिल पत्रकार मञ्च भक्तपुरको आयोजना तथा सूर्यविनायक नगरपालिकाको सहकार्यमा सोमबार वडा कार्यालयमा सम्पन्न ‘सार्वजनिक सुनुवाई’ कार्यक्रममा बोल्दै उनले वडा नं. ६ लाई भौतिक संरचनाले विकसित मात्रै नभई उज्यालो वडाको रुपमा अगाडि बढाएको बताए।

    images

    वडा अध्यक्ष खड्काले वडा भित्र सडकमा १०० वटा बत्ति जडान गरिसकेको र बाँकी स्थानमा यही वर्ष जडान सकेर उज्यालो वडाको रुपमा स्थापित गरिने बताएका हुन्।

    उनले सडकमा टाँगिएका तारहरुको ब्यवस्थापन नहुनु दुखद कुरा भएको र यसको ब्यवस्थापन गर्न कठिन भएकोसमेत बताए।

    यसैगरी बिभिन्न ठाउँमा सावैजनिक शौचालय निर्माणको लागि तयारी गरेको जानकारी दिद उनले भएका सार्वजनिक शौचालय प्रयोग गर्ने तर त्यसको सफाईमा कसैले ध्यान नदिने समस्या रहेको बताउँदै सञ्चालनको जिम्मा कुनै सामुदायिक क्ल्बलाई दिन सकिने बताए।

    वडामा करिब आठ करोडको योजना काम भइरहेको र हाल ६ वटा आयोजनामा काम भइरहेको बताउँदै वडा अध्यक्ष खड्काले पेट्रोलियम पदार्थमा भएको उच्चतम मूल्यबृद्धिले एक करोडको बजेटमा हुन लागेको सडक कालोपत्र रोकिएको बताए।

    निजी विद्यालयलले जथाभावी शुल्क असुल्दै आएको सन्दर्भमा बोल्दै उनले नगरपालिकाले तोकेको भन्दा बढी शुल्क लिन नपाईने हुँदा त्यस्तो पाइए कारबाही गरिने जानकारी दिए।

    सडक, ढल, खानेपानी, शिक्षा, स्वास्थ्य तथा सामाजिक विकासका क्षेत्रमा भएका गतिविधिबारे जानकारी गराउँदै उनले वडावासीको आवश्यकता र प्राथमिकता अनुसार विकासका काम अघि बढाइएको चर्चा गरे।

    स्थानीय सरकारलाई नागरिकप्रति थप जवाफदेही, पारदर्शी र उत्तरदायी बनाउन सार्वजनिक सुनुवाइ महत्वपूर्ण माध्यम भएको बताउदै वडा अध्यक्ष खड्काले नागरिकबाट प्राप्त सुझाव, गुनासा र जिज्ञासालाई गम्भीरतापूर्वक ग्रहण गर्दै आगामी योजना तथा कार्यक्रम तर्जुमा गर्दा समेटिने प्रतिबद्धता व्यक्त गरे।

    विकास निर्माणका काममा जनसहभागिता र सहकार्य अपरिहार्य रहेको चर्चा गर्दै उनले वडा कार्यालयले आर्थिक वर्षभरि सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा विभिन्न योजनाका बारेमा जानकारी गराएका थिए।

    कार्यक्रममा सहभागी स्थानीयवासीहरूले सडक मर्मत, सरसफाई व्यवस्थापन, सार्वजनिक सेवा प्रवाह, पूर्वाधार विकास तथा अन्य जनचासोका विषयमा आफ्ना जिज्ञासा राख्नुका साथै सहभागिहरुबाट उठेका सवालहरुको जवाफ दिए 

    कार्यक्रममा वडा सचिव श्रीमिला जोन्छेले वडा कार्यालयले चालू आर्थिक वर्षमा सम्पन्न गरेको कार्यसम्पादनका बारेमा प्रगति प्रतिवेदन प्रस्तुत गरे।

    उनले वडाको आम्दानी, खर्च, सम्पन्न योजना, चालू योजना र प्रवाहित सेवाकाबारेमा जानकारी गराएका थिए कार्यक्रममा वडाले चालु आर्थिक वर्षमा सम्पादन गरेका विकास निर्माण, सेवा प्रवाह तथा जनहितका कार्यक्रमहरूको प्रगति विवरण प्रस्तुत गरिएको थियो।

    कार्यक्रममा स्थानीय बासिन्दा, जनप्रतिनिधि तथा सरोकारवालाहरूले वडाबाट प्रदान गरिने सेवाको प्रभावकारिता, विकास निर्माणका कार्य, पूर्वाधार, सरसफाइ, सडक तथा अन्य जनचासोका विषयमा प्रश्न तथा सुझाव प्रस्तुत गरेका थिए।

    सहभागीहरूले सार्वजनिक सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनमुखी बनाउन सुझाव दिएका थिए।

    सो क्रममा स्थानीय कृष्णकुमार सुवालले आयोजनाहरु सञ्चालन भएको ठाउँमा सार्वजनिक सूचनासहितको बोर्ड राख्न, ट्राफिक व्यबस्थापन गर्न, सडक किरानाको जथाचावी पार्किङ्ग हटाउन, ग्राबेल सडक छिटो कालो पत्र गर्न, सडक सिमांकन सबै ठाउँमा गर्न, कृषि योग्ज जमिन बाझो राख्नेलाई कारबाही गर्न, जडिबुटी खेति र प्रशोधन कार्य सुरु गर्न वडा नेतृत्वलाई दिए।

    कार्यक्रममा स्थानीय सम्राट देशेमधुले वडा नम्बर ६ का विद्यालयमा बालबालिकाहरुलाई दण्ड सजाय दिने र विद्यालयमा पढ्न जान नसक्ने स्थिति रोक्नु पर्ने गुनासो गरे।

    उनले जथाभावी सडक ब्यापार मौलाउदै गएकाले यसको निराकरणका साथै सार्वजनिक जग्गा अतिक्रमसण रोक्नका लागि पनि अनुरोध गरे।

    स्थानीय बद्रि देउजाले कृष्ण मन्दिर जाने सडक निर्माण गर्नुपर्ने, नयाँ बत्ति र सडक बत्ति जडानका लागि खम्मबा नआएको, बनाचौर क्षेत्रमा सडक बत्तिको व्यबस्था गर्नुपर्ने, लथालिङ्ग रहेको केबुलको तारहरु हटाउनु पर्ने लगायतका सुझाब दिए।

    स्थानीय मधु सुदनकार्कीले  टोलहरुमा भुस्या कुकुरहरुको आतंकलाई रोक्न स्थानीइ तह लाग्नु पर्ने बताउदै भुस्याहा कुकुरहरुको बन्ध्याकरण गर्नुपर्ने, रेबिज बिरुद्धको खोप लगाउनु पर्ने माग राखे।

    स्थानीय नारायणहरि गौतमले बिच बाटोमा रहेको बिद्युतको पोल हटाउनु पर्ने, खम्बा खम्बामा थुप्रिएको केबुलका तारहरु हटाउनु पर्ने, सडक बत्ति नपुगेको ठाउँमा पर्याउनु पर्ने बताए।

    पत्रकार पेशल आचार्यले यो वडामा कृर्षि योग्य जमिन छ भन्दै जिज्ञासा राख्नु भएको थियो भने अर्का पत्रकार दिवस गुरागाईले अबको योजना के छ? र केके कुरामा बजेट बनेको छ भन्दै जिज्ञासा राखे।

    कार्यक्रमका सभापति आयोजक संस्थाका अध्यक्ष रमेश गिरिले सार्वजनिक सुनुवाइले स्थानीय सरकार र नागरिकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सुशासन, पारदर्शिता र जवाफदेहिताको अभ्यासलाई उजागर गर्ने विश्वास व्यक्त गरे।

    कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend