मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा शिविर : २५१ जना ज्येष्ठ नागरिकले लिए सेवा

मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा शिविर : २५१ जना ज्येष्ठ नागरिकले लिए सेवा

images
२०८३ जेठ ३१ गते, आइतवार
२०८३ जेठ ३१ गते, आइतवार
  • काठमाडौँ। कागेश्वरीमा आयोजित “मेयरसँग ज्येष्ठ नागरिक विशेषज्ञ स्वास्थ्य सेवा शिविर” मा २५१ जना ज्येष्ठ नागरिकले लिए सेवा लिएका छन्।

    images

    कागेश्वरी मनोहरा नगर अस्पताल तथा कागेश्वरी मनोहरा नगरपालिका स्वास्थ्य शाखाले ज्येष्ठ नागरिकलाई लक्षित गरी शनिबार वडा नं. १ का ६० वर्षमाथिका ज्येष्ठ नागरिकहरूलाई लक्षित गरी शिविर सञ्चालन गरेको थियो।

    images

    सो शिविरमा सामान्य स्वास्थ्य परीक्षण, रक्तचाप तथा सुगर जाँच, रक्त परीक्षण, ईसीजी, ईको, भिडियो एक्स–रे, एक्स–रे, आन्तरिक रोग, मुटुरोग, हाडजोर्नी, आँखा, दन्त, नाक कान घाँटी, मनोपरामर्श तथा डाइटिसियन लगायतका विभिन्न विशेषज्ञ सेवाहरू निःशुल्क रूपमा प्रदान गरिएको थियो।

    शिविरमा आवश्यकता अनुसार औषधि वितरण तथा ३८ जना ज्येष्ठ नागरिकलाई निःशुल्क चस्मा वितरण गरिएको थियो।

    उक्त शिविरबाट कुल २५१ जना ज्येष्ठ नागरिक लाभान्वित भएकाका १३७ जना महिला र ११४ जना पुरुष रहेका थिए। अधिकांश सेवाग्राहीहरूले एकभन्दा बढी विशेषज्ञ सेवाहरूबाट लाभ लिएको अस्पतालले जनाएको छ।

    कार्यक्रमका क्रममा वडा नं. १ का वडा अध्यक्ष मुकुन्द गजुरेल र नगर प्रमुख उपेन्द्र कार्कीले शिविरको अनुगमन गर्दै ज्येष्ठ नागरिकहरूसँग प्रत्यक्ष संवाद गरेकाब्थिए।

    सो क्रममा सहभागीहरुले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह गरे। शिविरमा सहभागी ज्येष्ठ नागरिकहरूका लागि खाजा तथा फलफूलको व्यवस्था गरिएको थियो। साथै महिला स्वास्थ्य स्वयंसेविका ज्येष्ठ नागरिकहरूलाई घरबाट शिविरस्थलसम्म ल्याउने र सेवा पश्चात् घरसम्म पुर्‍याउने व्यवस्था मिलाइएको थियो।

    शिविरमा थप उपचार आवश्यक देखिएका सेवाग्राहीहरूका लागि आगामी दिनमा आँखा शल्यक्रिया, दन्त उपचारका विभिन्न प्रक्रिया, भिडियो एक्स–रे लगायत अन्य आवश्यक सेवाहरू पनि निःशुल्क रूपमा उपलब्ध गराउने व्यवस्था मिलाइएको छ।

    ज्येष्ठ नागरिकहरूको स्वास्थ्य, सम्मान र सहज स्वास्थ्य पहुँचलाई केन्द्रमा राखी सञ्चालन गरिएको उक्त शिविरले सेवाग्राहीहरूमा उत्साह र सन्तुष्टि प्रदान गर्नुका साथै स्वास्थ्य सेवा जनताको स्वास्थ्य पहुँच अभियानलाई थप प्रभावकारी बनाएको अस्पताले जनाएको छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend