काठमाडाैँ। काभ्रेको बुचाकोटमा भएकाे बस दुर्घटनामा मृत्यु हुने ८ जनामध्ये ४ जनाकाे पहिचान खुलेकाे छ।
बनेपाबाट शुक्रबार रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको बस वीपी राजमार्ग अन्तर्गतको सडकबाट दुई सय मीटर तल खस्दा ८ जनाको मृत्यु भएको थियो।
सो बस दुर्घटनामा काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ७ बस्ने ३४ वर्षिया फुलमाया तामाङ, साेही पालिकाकाे वडा नम्बर ८ बस्ने ६० वर्षिया प्यारीमाया तामाङ, साेही पालिकाकाे वडा नम्बर ६ बस्ने ७५ वर्षिय ईन्द्र बहादुर लोप्चनकाे दुर्घटनामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ।
यसैगरी दैलेख घर भएका ३० वर्षिय बम बहादुर भण्डारीकाे पनि दुर्घटनामा मृत्यु भएकाे छ। उनी नेपाली सेनाका अमल्दार भएको खुलेको छ।
घटनामा परेर ज्यान गुमाएका अन्य ४ जनाकाे भने पहिचान खुल्न बाँकी रहेको छ।
सो दुर्घटनामा परेर घाइते भएका १६ जनाकाे समेत पहिचान खुलेकाे छ। जसमा काभ्रे रोशी गा.पा. ८ बस्ने वर्ष २२ की एनिशा तामाङ, रोशी गा.पा. ६ बस्ने बर्ष २० की विष्णु डोल्मो तामाङ, सोही ठेगानाका वर्ष ३० का धन बहादुर तामाङ, चन्द्र तामाङ, वर्ष १८ की रमिता वाइवा, वर्ष ४० को मनब तामाङ, रोशी गा.पा. ७ बस्ने वर्ष ६० को डम्बर बहादुर शाह, रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ घाइते भएका छन्।
यसैगरी जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ पनि घाइते छ। उनी सो बसका चालक हुन्। उनको दाहिने खुट्टा र दाहिने हातमा चोट लागेको छ।
यसैगरी जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की विष्णुमाया लामा, काभ्रेकै तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, नाम थर वतन नखुलेको सुबाश भन्ने अं. ५/६ बर्षको बच्चा, नाम नखुलेको अं. १ वर्षको बालिकासमेत घाइते छन् भने नाम थर वतन नखुलेको अन्दाजी बर्ष ६०/६२ को पुरुषको टाउकोमा चोट छ। उनको अवस्था गम्भीर छ।
यस्तै नाम थर वतन नखुलेको बर्ष २०/२२ की महिलाको समेत अवस्था गम्भीर छ। उनको टाउको तथा शरिरका बिभिन्न भागमा चोट छ। घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।



