मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

वर्षाका कारण छन् यी सडक पूर्णरुपमा अवरुद्ध

वर्षाका कारण छन् यी सडक पूर्णरुपमा अवरुद्ध

images
२०८३ जेठ २९ गते, शुक्रवार
२०८३ जेठ २९ गते, शुक्रवार
  • काठमाडौँ। देशका विभिन्न स्थानमा परेको वर्षाका कारण मुख्य पाँच राजमार्गका विभिन्न स्थानमा सडक पूर्णरुपमा अवरुद्ध भएको छ।

    images

    नेपाल प्रहरीले सार्वजनिक गरेको सूचना अनुसार वर्षाका कारण मुख्य पाँच राजमार्गका विभिन्न स्थानमा सडक अबरुद्ध भएको हो। जसका कारण ती स्थान हुँदै चल्ने यातायात सेवा प्रभावित भएको छ।

    images

    प्रहरीका अनुसार काठमाडौँ उपत्यका जोड्ने सतुङ्गल-चित्लाङ सडक खण्ड जेठ १६ गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। चन्द्रागिरी नगरपालिका–९ देउराली देवीस्थानमा खसेको पहिरो र त्यसपछिको मर्मत कार्यका लागि यो सडक अझै एक महिना बन्द हुने बताइएको छ।

    यसैगरी भोजपुरको बोखिम र पाँचथरको दोभानमा बाढीका कारण सडक एकतर्फी मात्र सञ्चालनमा छ। यस्तै खोटाङको पङ्खु खोलामा खसेको पहिरोका कारण जेठ २ गतेदेखि नै यातायात पूर्ण रूपमा ठप्प छ।

    ईलामको पुवाखोलामा आएको बाढीका कारण मेची करिडोर पूर्ण रूपमा अवरुद्ध भएको छ। यद्यपि, वैकल्पिक मार्गका रूपमा मेची राजमार्ग प्रयोग गर्न सकिने प्रहरीले जनाएको छ।

    यसैगरी बीपी राजमार्गकाे काभ्रेपलाञ्चोक खण्डमा बाढीको सम्भावित जोखिमलाई ध्यानमा राख्दै जेठ २२ गतेदेखि सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।

    मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा सडक मर्मत कार्य जारी रहेकाले कुलेखानी-फाखेल-हुमाने-फर्पिङ-काठमाडौँ सडक खण्ड जेठ १५ गतेदेखि एक महिनाका लागि पूर्ण रूपमा बन्द गरिएको छ। 

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend