काठमाडौ। पुर्वी नवलपरासीमा बंगुरको मासु खाएका एकै गाउँका १६ जना ब्यक्ति बिरामी परेका छन्।
नेपाल प्रहरीका अनुसार, गत जेठ २३ गते कावासोती नगरपालिका १४ हेगौलीका १०५ घरधुरीका मानिसहरुले बंगुरको मासु खाएकाब्थिए। उनीहरू मध्ये १६ जना बिरामी परेका हुन्।
बिरामी पर्नेमा बर्ष ४४ की राम कुमारी महतो लगायत १६ जना रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूमा ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने समस्या देखा परेको छ।
बिरामीहरुलाई स्थानीय प्रहरीको सहयोगमा मध्यविन्दु प्रादेशिक अस्पताल डण्डामा लगि उपचार भइरहेको छ।



