मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

प्रश्नै प्रश्नका बीचमा स्वास्थ्य मन्त्री : जवाफ छैन

प्रश्नै प्रश्नका बीचमा स्वास्थ्य मन्त्री : जवाफ छैन

images
२०८३ जेठ २४ गते, आइतवार
२०८३ जेठ २४ गते, आइतवार
  • काठमाडौँ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले जिम्मेवारी सम्हालेको ७२ औं दिनमा आइतबार पत्रकारहरुलाई भेटघाटका लागि बोलाइन। स्वास्थ्य तर्फ लेख्ने पत्रकारहरु स्वास्थ्य अनुसन्धान परिषद्को कार्यालयको सभा हलमा पुगे। विहान ११ बजे डाकिएको भेटघाट समयमा नै सुरुभयो। यसअघिको प्रचलन अनुसार मन्त्रीले आफ्ना धारणा राखेर सुरुहुने कार्यक्रम यसपटक पत्रकारहरुको प्रश्नबाट सुरु गरियो। सो क्रममा करिब साँढे दुई घण्टा पत्रकारहरुले मन्त्री मेहतासहित स्वास्थ्य सचिव डा. विकास देवकोटालाई प्रश्न गरे र सुझाव राखे। 

    images

    सो क्रममा स्वास्थ्य बीमामा देखिएको समस्या, निजी अस्पतालबाट बीमा सेवा हटाइएको विषय, आइतबारको बिदाले सरकारी अस्पतालमा थपिएको लाइन, सरकारले निजी स्वास्थ्य संस्थामा उपचार गर्ने बिरामीका लागि वजेट मार्फत लगाएको समता शुल्क, खरिद प्रक्रियामा हुने अनियमितता, सरकारी अस्पतालका प्रमुखहरु अन्य निजी अस्पतालमा कार्यरत रहेको अवस्था, सरकारी अस्पतालमा उपचारमा आम नागरिकको पहुँच, वजेटमा प्राथमिकतामा नपरेको स्वास्थ्य सेवा, निजी अस्पतालमा १० प्रतिशत बेड गरिब तथा असहायका लागि छुट्याइएको नछुट्याइएको विषय लगायतमा पत्रकारहरुले प्रश्न गरे। 

    images

    पत्रकारहरुको प्रश्नपछि सुरुवातमा सचिव डा. देवकोटाले जवाफ दिने प्रयास गरे। उनले सुशासन कायम गर्दै बेथितिको अन्त्य गर्ने उद्देश्य सहित स्वास्थ्य सेवा सुधारका लागि कार्यविधि बनाइएको, अस्पतालहरुमा सरसफाइदेखि कर्मचारीको ब्यवहार सुधारसम्ममा काम भइरहेको, औषधि आयातमा देखिएको समस्याका सम्बन्धमा सहजीकरण गर्न आयातकर्ताहरुसँग छलफल भइरहेको, बालबालिकामा हुने क्यान्सरको उपचार मात्र होइन औषधि समेत निशुल्क उपलब्ध गराउने ब्यवस्था गरिएको, नागरिकमा मानसिक समस्या बढ्दो अवस्थामा रहेकाले नीति नै बनाएर अघि बढ्ने सम्बन्धमा छलफल अगाडि बढिरहेको जवाफ दिए।

    मन्त्रालयका सचिव डा. देवकोटाको जवाफपछि मन्त्री मेहताको जवाफको पर्खाइमा पत्रकारहरु कुर्दै थिए। मन्त्री  मेहताले आफ्नो धारणा राख्न सुरु गरिन। तर पत्रकारहरुले सोधेको कुनै प्रश्नको उनले जवाफ दिइनन। बरु उनले सरकारले शासकीय सुधारका १०० बुँदे प्राथमिकतामा काम गरिरहेको र आफू स्वास्थ्यमा समाचार लेख्ने पत्रकारहरुसँग समस्या सुनेर त्यही अनुसार अघि बढ्ने तयारी सहित आएको सुनाइन् र उनले हरेक १५ दिन वा एक महिनामा पत्रकारहरुसँग छलफल गर्ने बताइन्। आफ्नो विशेष भन्नू पर्ने केही नभएको भन्दै उनको जवाफ यतीमै सकियो। प्रश्न, गुनासा र सुझावलाई उनले `नोट´ गरिएको भन्दै अर्कोपटक सम्बोधन गर्ने बताइन्। त्यसपछि कार्यक्रम सकिएको घोषणा गर्दै उनले पत्रकारहरुको उपस्थितिका लागि धन्यवाद दिइन्।

    पत्रकार भेटघाटमा आएका एक पत्रकारले मन्त्री मेहतालाई रोके र पुन: प्रश्न गरे, `मन्त्री ज्यु केही त बोलिदिनुस, यतिका प्रश्न आउदा पनि किन मौन? समाचार लेख्न मिल्ने त केही बोलिदिनुस।´ यो प्रश्न पछि पुन: उनले केही समय भित्रै आफू पुन: पत्रकार माझ केही योजनाका साथ आउने बताइन्।

    फेरि अर्का पत्रकारले चासो राखे, `मन्त्री ज्यु मन्त्री पदबाट बिदा हुन लाग्नु भएको हो? कुनै पनि विषयमा बोल्न चाहनु भएन?  यो प्रश्नमा मन्त्री मेहताले छोटोमा जवाफ दिइन्, `मिडियामा आएका कुरा तपाईँहरुलाई बढी थाहाहोला, आधिकारिक त्यस्तो केही छैन।´

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend