मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

`बीवाईडी´ भन्सार छलीको वास्तविकता छानबिन गर्न गठित समिति मुस्ताङमा

`बीवाईडी´ भन्सार छलीको वास्तविकता छानबिन गर्न गठित समिति मुस्ताङमा

images
२०८३ जेठ २२ गते, शुक्रवार
२०८३ जेठ २२ गते, शुक्रवार
  • काठमाडौँ। कोरला नाकाबाट भित्रिएका बीवाईडी ब्रान्डका ७७५ वटा विद्युतीय सवारी साधनको भन्सार छलीको विषयमा छानबिन गर्न बनाइएको छानबिन समिति मुस्ताङ पुगेको छ। 

    images

    गत बुधबार राति सशस्त्र प्रहरीले कोरोला नाका हुँदै ल्याइएका ७७५ वटा बीवाईडी कम्पनीका गाडी विभिन्न स्थानबाट नियन्त्रणमा लिएपछि छानबिनका लागि समिति गठन गरिएको थियो।

    images

    विद्युतीय सवारी साधन नियन्त्रणमा लिएपछि अर्थमन्त्रालयले भन्सार विभाग, नीति तथा सञ्चालन महाशाखाअन्तर्गतको मूल्यांकन शाखाका प्रमुख समेत रहेका निर्देशक भुपालराज शाक्यको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।

    कोरलानाकाबाट पैठारी गरिएका विद्युतीय सवारीको अनुसन्धानका लागि शाक्य नेतृत्वको तीन सदस्यीय टोली आज बेनी—जोमसोम सडकमार्ग हुँदै मुस्ताङको जोमसोम पुगेको मुस्ताङ भन्सार कार्यालयका प्रमुख बिदुर चुडालले जानकारी दिए।

    छानविन टोली मुस्ताङ पुग्नुअघि पर्वत र कास्कीमा सशस्त्र प्रहरीले नियन्त्रणका लिएका विद्युतीय सवारी साधनको अनुमगन समेत गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए।

    चीनबाट पैठारी गरी नेपाल भित्रिएका विद्युतीय सवारी साधन आयातमा कैफियत रहे वा नरहेको भन्ने विषयमा टोलीले बिहीबारदेखि नै अनुसन्धान सुरु गरेको थियो।

    टोलीले पोखरा हेम्जामा ९८ र पर्वतको कुश्मा १७ वटा विद्युतीय सवारीको अनुगमन गरेको जनाइएको छ। कोरलानाकाबाट भन्सार जाँचपास भई लोमान्थाङ हुँदै जोमसोम झारिएका २६६ वटा विद्युतीय सवारी साधनको समेत आजै टोलीले स्थलगत अनुगमन गरेको भन्सार प्रमुख चुडालले जानकारी दिए। ती गाडी मुस्ताङको घरपझोङ–४ जोमसोमस्थित बसपार्क क्षेत्रमा पार्किङ गरी राखिएको छ।

    छानविन टोली कोरलानाकामा राखिएका ३९४ वटा विद्युतीय सवारीको अनुगमनका लागि शनिबार बिहान त्यसतर्फ प्रस्थान गर्ने छ।

    गत भदौ ३१ गतेदेखि सञ्चालनमा आएको कोरलानाकाबाट गत जेठको दोस्रो साता चिनियाँ कम्पनी बिवाईडीले ७७५ वटा विद्युतीय सवारी साधन नेपाल भित्र्याएको थियो।

    कोरला नाकाबाट भित्रिएका ७७५ विद्युतीय सवारी साधनमध्ये ६४९ वटाको भन्सार जाँचपास भइसकेको सशस्त्र प्रहरी नायब निरीक्षक भेषराज गिरिले जानकारी दिए।

    सम्बन्धित विषय:
    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend