मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा : ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन

काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा : ३३१ जना परीक्षार्थीबाट पुनर्योगका लागि आवेदन

images
२०८३ जेठ २० गते, बुधवार
२०८३ जेठ २० गते, बुधवार
  • काठमाडौँ। छात्रवृत्ति छनोट परीक्षाको प्रारम्भिक नतिजापछि ३३१ जना विद्यार्थीले पुनर्योग गर्न र ९६ जना विद्यार्थीले विवरण सच्याउन सहितका माग राखेर आवेदन दिएका छन्त।

    images

    काठमाडौँ महानगरपालिकाको शिक्षा विभागले जेठ १७ गते सम्पन्न परीक्षाको १८ गते विहान प्रारम्भिक नतिजा प्रकाशन गरेको थियो।

    images

    विभागले योग्यता क्रममा चित्त नबुझे पुनर्योग गराउन तथा विवरण सच्याउन आज (जेठ २० गते बेलुका ५ बजे)सम्मको अवधि दिएको थियो। यस अवधिमा विवरण सच्याउन सहित विभिन्न माग राखेर विद्यार्थीहरुले आवेदन दिएका हुन्।

    शिक्षा अधिकृत एवं परीक्षा समितिका सदस्य सचिव रामचन्द्र खड्काका अनुसार विवरण सच्याउन आवेदन दिएका मध्ये ६६ जनाले आफू छात्रा भएको तर अनलाइन फाराम भर्दा छात्र भएकोले सच्याइ पाउँ  भनी निवेदन दिएका छन्।

    यसैगरी ११ जना विद्यार्थीले फाराम भर्दा पहिलो नाम, बिचको नाम, थर, क्लष्टर गलत चयन गरेकोले सच्याउन माग गरेको खड्काले जानकारी दिए। 

    केही विद्यार्थीले आफूले फाराम भर्दा छानेको विषय र विद्यालय परिवर्तन गराइदिन माग गरेर समेत निवेदन दिएका छन। समितिका सदस्य सचिव खड्काका अनुसार, यी मागहरु सम्बोधन गर्ने व्यवस्था छैन। 

    विभागले पुनर्योग र विवरण सच्याउन दिएको निवेदनअनुसार ओएमआर सिटलाई कम्प्युटर प्रणालीबाट र म्यानुअल रुपमा पुनर्योगपछि भोलि विहान सम्ममा अन्तिम योग्यता क्रम प्रकाशन हुनेछ। सोही योग्यता क्रमका आधारमा पहिलो चरणको मनोनयन हुनेछ।

    ‘हामी पुनर्योगको प्रक्रियामा छौँ। विगत वर्षहरुमा पुनर्योगमा त्रुटि देखिएको अनुभव छैन। ओएमआर सिटको कम्प्युटर प्रणालीबाट परीक्षण हुने भएकोले गलत नतिजा आउने सम्भावना न्यून रहन्छ।’ खड्काले भने।

    यस वर्षको छात्रवृत्ति छनोट परीक्षाबाट १४ हजार ५७ जना विद्यार्थी उत्तीर्ण भएका छन्।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend