मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

चाँगुनारायण ७ मा जनताको चासो : तीन विद्यालयको घटुवा किन?

चाँगुनारायण ७ मा जनताको चासो : तीन विद्यालयको घटुवा किन?

images
२०८३ जेठ १४ गते, बिहिवार
२०८३ जेठ १४ गते, बिहिवार
  • भक्तपुर। भक्तपुरको चाँगुनारायण नगरपालिका वडा नं. ७ मा जनताको चासो, गुनासो, समस्या तथा समाधानसहितको भावी योजना बारे विस्तृत जानकारीमूलक सार्वजनिक सुनुवाई तथा प्रगति समिक्षा कार्यक्रम आयोजना गरिएको छ।

    images

    राष्ट्रिय सञ्चार केन्द्र नेपालको आयोजना तथा चाँगुनारायण नगरपालिकाको सहयोगमा वडा नं. ७ को बागेहिणी माविको सभाहलमा सम्पन्न कार्यक्रममा नागरिकको आशा र सिर्जनात्मक दिशानिर्देशलाई रचनात्मक तथा प्रभावकारी रुपमा नागरिक उपयोगी हुनुपर्नेमा जोड दिइएको हो। 

    images

    कार्यक्रममा सो वडाका वडा सचिव पुष्पराम लिवीले वडाको जनसंख्या तथा संस्थाहरुको विवरण, चालु आर्थिक वर्षमा भएका वडास्तरीय प्रगति विवरण, सामाजिक सुरक्षा भत्ता, सिफारिसहरुको विवरण प्रतिवेदन प्रस्तुत गरे। त्यस्तै चालु आवमा ८८ वटा योजनाहरु स्वीकृत भएको जानकारी गराउँदै उनले ७८ वटा सम्झौता भएको र बाँकी १० वटा हुन बाँकी रहेको जानकारी दिए। त्यस्तै ५८ वटा निर्माण सम्पन्न भइसकेको तथा पाँच वटा निर्माणको चरणमा रहेको उल्लेख गरे।

    सो वडामा एक करोड चार लाख ६८ हजार छ सय २६ रुपैंया राजस्व संकलन भएको उनले जानकारी दिए।
    कार्यक्रममा सहभागीहरुले वडाले जनताको अपेक्षाहरु पूर्ण रुपमा पुरा नगरेपनि अपेक्षाकृत रुपमा काम गरेको, धार्मिक स्थलहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने, बालाफाट सिँचाई आयोजना चालु आवमा नै निर्माण सम्पन्न गर्नुपर्ने लगायतका विषय उठेका थिए।

    सो क्रममा तीन वटा विद्यालय सम्बन्धित विज्ञसँग र सरोकारवालासँग पर्याप्त छलफल नै नगरि घटुवाको निर्णय गरिएको, सो निर्णय गरिंदा बालवालिकाको चिन्ता तर्फ ध्यान नदिइएको, गुणस्तरीय शिक्षा तर्फ बेवास्ता गरिएको तथा सामुदायीक विद्यालयमा राजनीतिकरण गरिएको गुनासो उठेको थियो।

    यसैगरी शैक्षिकसत्र सञ्चालन भइरहेको समयमा शिक्षक, शिक्षिकाको सरुवा गरिएको भन्दै शैक्षिक सत्र भरि सरुवा नहुने व्यवस्था गर्नु पर्ने विषयमा पनि स्थानीयले गुनासो गरे।

    यस्तै, पञ्चकन्या र भिमसेन मन्दिर सार्ने प्रयास भइरहेको हुँदा सो योजना बन्द गर्नुपर्ने, वडाको वातारणलाई हरियाली बनाउनुपर्ने, आयोजना शुरु भएता पनि निर्माण सम्पन्न नभएका योजना चाँडै सम्पन्न गर्नुपर्ने, मुख्य नाका तथा सडममा सीसी क्यामेरा राख्नुपर्ने लगायतमा जोड दिइएको थियो।

    सार्वजनिक सुनुवाइका क्रममा वातावरण प्रदुषण नियन्त्रण गर्नुपर्ने, बनजंगल तथा त्यहाँको पानीको संरक्षण हुनुपर्ने, नगरपालिकाले निर्णय गरेका कुराहरु कार्यान्वयन हुनुपर्ने, गुणस्तरहिन विकास निर्माणका कार्य भएको भए पनि त्यसको प्राविधिक परीक्षण हुनु पर्ने, ढललाई खोलामा हाल्नबाट रोक्नुपर्ने, सार्वजनिक सुनुवाई ६–६ महिनामा हुनुपर्ने, नेपाल सरकारको पाठ्यक्रमले नै शिक्षामा सुधार हुन नसकेकाले पाठ्यक्रम समयसापेक्ष बनाउनुपर्ने, हुने खाने र हुँदा खोनेबीचको शैक्षिक प्रणाली अन्त्य हुनुपर्ने विषय उठेको थियो।

    यसैगरी सरकारी कर्मचारीका छोराछोरी अनिवार्य सरकारी विद्यालयमा नै पढ्ने बाध्यकारी व्यवस्था गर्नुपर्ने, समिति वा टोलसुधार समितिबाट वृहत सरसफाई कार्यक्रम गर्नुपर्ने, सार्वजनिक सुनुवाई कार्यक्रममा नगरपालिका, प्रदेश तथा संघीय प्रतिनिधि उपस्थित गराउनुपर्ने, वडाका योजनाको बजेट तथा अन्य सूचनाहरु सहज रुपमा पाउनुपर्ने, आयोजना दिगो विकासको लक्ष्य अनुसार तथा गुणस्तरीय हुनुपर्ने लगायतका विषय उठेको थियो।

    `स्वास्थ्य चौकीमा सियो धागो सम्म छैनं समस्या कहिले सम्म भोग्ने ?´ सार्वजनिक सुनुवाइका क्रममा एक स्थानीयले प्रश्न गर्दै भने।

    जवाफमा बागेश्वरी स्वास्थ्य चौकीका प्रमुख श्याम श्रेष्ठले बागेश्वरी अस्पतालमा उपचार तथा औषधी नपाएर फर्कनुपर्ने अवस्था नरहेको दावी गरे। अस्पतालले दिने सेवाहरु नियमित रुपमा दिइरहेको जानकारी दिदै उनले औषधी अपुग भएता पनि व्यवस्थापन गरिरहेको बताए।

    वडाध्यक्ष श्याम कृष्ण नयाजु श्रेष्ठले पूर्वाधार, सुशासन, शिक्षा, स्वासथ्य, वातावरण, खानेपानीलगायतका जनताको माग र आवश्यकता अनुसारका कार्यहरु गरेको उल्लेख गरे।

    सम्पदा संरक्षण गर्दै पहिचना झल्कने कार्यहरु भइरहेको जानकारी दिँदै उनले ‘एक घर, एक धारा’ अभियान सञ्चालन गरिरहेको बताए।

    उनले तीन वटा विद्यालय घटुवा भएकोमा आफु दुःखी रहेको उल्लेख गर्दै ती विद्यालयलाई घटुवा हुन नदिने प्रतिवद्धता पनि जनाए। उक्त विद्यालयहरुलाई विपन्नदेखी सम्पन्न नागरिकले अध्ययन गर्ने विद्यालयको रुपमा स्थापित गर्ने उद्घोष गर्दै उनले सरकारी कर्मचारीका वालवालिकालाई सरकारी विद्यालयमा नै अध्ययन गर्न मौखिक निर्देशन दिएको बताए।

    पञ्चकन्या र भिमसेन मन्दिरको संरक्षण र सम्वद्र्धन गर्ने प्रतिवद्धता व्यक्त गर्दै उनले उक्त क्षेत्रका सडकहरु निर्माण हुनेमा विश्वस्त रहन सबैमा आग्रह गरे। यस्तै सडक बत्ति निरन्तर बलिरहेको उल्लेख गर्दै उनले विग्रिएकालाई मर्मत तत्काल हुने गरेको बताए। फोहोर व्यवस्थापन स्थानीय तहले नै गर्ने भएता पनि टोल समितिहरुले विशेष ध्यान दिन जरुरी रहेको औंल्याउँदै उनले सवै स्थानीयवासी सदस्य बन्न आग्रह गरे।


    खेलकुद क्षेत्रमा विगतदेखी नै बजेट व्यवस्थापन गरी खेलकुद सामग्री वितरण गरिरहेको जानकारी दिँदै उनले छालिङ–बागेश्वरीका दुई सडकमा पाँच/पाँच करोड गरी जम्मा १० करोग बजेट शुनिश्चित भएकाले अब तत्काल बन्ने विश्वास दिलाए। त्यस्तै उनले तरकारी संकलन केन्द्र बनाउने प्रयास गरिएता पनि बजेट अभावका कारण रोकिएको बताए। जेष्ठ नागरिकको लागि आवश्यक सामग्री व्यवस्थापन गर्ने प्रतिवद्धता जनाउँदै उनले तालिम तथा सामुदायीक भवनहरु प्रयोग गर्न सकिने जानकारी गराए।

    संस्थाका अध्यक्ष पेशल आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक पुस्करराज बुढाथोकीले स्वागत मन्तव्य राखेका थिए। यस्तै वडा सदस्यहरु सीतादेवी लामिछाने, मनिता नेपाली, श्यामकाजी नयाँजु, पुस्कर खड्का लगायतका व्यत्तित्वहरु सहित स्थानीयवासीको उल्लेख्य सहभागिता रहेको थियो।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend