मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १९ जनाको दरखास्त स्वीकृत, कोको परे?

मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिमा १९ जनाको दरखास्त स्वीकृत, कोको परे?

images
२०८३ जेठ १३ गते, बुधवार
२०८३ जेठ १३ गते, बुधवार
  • सुर्खेत। मध्यपश्चिम विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि आवेदन दिएकामध्ये १९ जनाको दरखास्त स्वीकृत भएको छ।

    images

    शिक्षा तथा खेलकुद मन्त्रालयले उपकुलपति नियुक्ति प्रक्रियाअन्तर्गत आवेदन दिएकामध्ये १९ जनाको दरखास्त स्वीकृत गरेको हो। 

    images

    मन्त्रालयले बुधबार सार्वजनिक गरेको सूचनाअनुसार ‘मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी एकीकृत कार्यविधि, २०८३’ बमोजिम प्रकाशित आह्वानमा परेका आवेदनहरूको अध्ययनपछि सिफारिस समितिको बैठकले योग्य उमेदवारहरूको आवेदन स्वीकृत गर्ने निर्णय गरेको हो।

    योग्य ठहरिएका उमेदवारहरूमा कविप्रसाद पोख्रेल, चन्दप्रसाद रिजाल, पन्ना थापा, सुशीलकुमार शाही, सरोज कोइराला, मनोजकुमार यादव, विनयकुमार दास, नन्दबहादुर सिंह, होमनाथ चालिसे, ऐश्वर्यप्रसाद ढकाल, शेखर अर्याल, राजन सुवाल, उमेश कोइराला, यदुप्रसाद ज्ञवाली, देवबहादुर खड्का, जितेन्द्रप्रसाद उपाध्याय, कल्याणी मिश्र त्रिपाठी, शिवराज अधिकारी र लक्ष्मण ज्ञवाली रहेका छन्।

    यी उमेदवार मध्ये सिंह सो विश्वविद्यालयको एक कार्यकाल उपकुलपति भइसकेका व्यक्ति हुन्।

    मन्त्रालयका अनुसार स्वीकृत उमेदवारहरूमध्येबाट आगामी चरणमा प्रस्तुतीकरण, अन्तर्वार्ता तथा मूल्यांकन प्रक्रियापछि उपकुलपतिका लागि नाम सिफारिस गरिनेछ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend