मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

ठोरीको `साथी समूह´ द्वारा चेपाङ समुदायका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

ठोरीको `साथी समूह´ द्वारा चेपाङ समुदायका ६० जना विद्यार्थीलाई विद्यालय पोशाक सहयोग

images
२०८३ जेठ ८ गते, शुक्रवार
२०८३ जेठ ८ गते, शुक्रवार
  • चितवन। पर्सा जिल्लाको ठोरी-२ मा रहेको सरस्वती माविमा अध्ययनरत विद्यार्थीहरुको समूह `साथी समूह २०५३´ ले चितवनको राप्ति नगरपालिका-१२ डिहिटारमा अवस्थित

    images

    स्थित राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत चेपाङ समुदायका विद्यार्थीहरुलाई विद्यालय पोशाक र जुत्ता सहयोग उपलब्ध गराएको छ।

    images

    सो विद्यालयमा शुक्रबार आयोजित एक कार्यक्रममा `साथी समूह´बाट सहभागी छ्तेन्द्र आचार्य र देवराज ठकुरीसहितको टोलीले ६० जना विद्यार्थीहरुलाई पोशाक अन्तर्गत `ट्र्याक सुट सेट´ र जुत्ता सहयोग गरेका हुन्।

    विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिष्णुलाल स्याङ्तान तामाङ तथा प्रधानाध्यपक पुष्कर पोखरेलको रोहबरमा ती सामग्री उपलब्ध गराइएको समुहका सदस्य आचार्यले जानकारी दिए। सो विद्यालयका प्राधानाध्यापक पोखरेलसमेत ठोरीकै स्थानीय हुन् भने उनी सोही ब्याचका ब्याची हुन्।

    समुहका अर्का सदस्य देवराज ठकुरीले आफ्नै ब्याची प्रधानाध्यापक रहेको चेपाङ बालबालिका अध्ययन गर्ने विद्यालय छनोट गरेर सहयोग उपलब्ध गराइएको बताए। 

    सो विद्यालय रहेको ठाउँ अति नै दुर्गम तथा पिछडिएको क्षेत्र पर्छ भने विद्यालयमा पढ्न दुई घण्टाको पैदल दुरी देखि विद्यार्थीहरु आउने गरेका छन्। यस्तै बर्षाको समयमा पढाइ सकेर घर फर्कन सक्ने अवस्थासम्म पनि नरहने अवस्था हुँदा विद्यार्थीहरु विद्यालयमा नै बास बस्नु पर्ने अवस्थासम्म पनि रहने गरेको छ।

    सहयोग हस्तान्तरण कार्यक्रममा विद्याकयका अन्य शिक्षक, शिशिकासहित साथी समुहका सदस्यहरु अच्युत प्र्साद रिजाल, यादवराज कुँवर, धनबहादुर पौडेल लगायत सहभागी थिए।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend