काठमाडौं। ज्ञान ज्याेती एकेडेमीले एसईई परीक्षामा ४ जीपिए प्राप्त गर्ने विधार्थीलाई सम्मान गरेकाे छ।
विद्यालयको ३७ औं स्थापना दिवस तथा अभिभावक दिवसकाे अवसरमा उक्त ४ जिपिए ल्याउन सफल विद्यार्थी प्रबन्ध पाैडेल र अविनाश पाैडेललाई सम्मान गरिएको हो।
प्रबन्धले २०८२ सालमा ४ जिपिए प्राप्त गरेका हुन् भने अविनाशले २०८१ सालमा ४ जिपिए प्राप्त गरेका थिए।
विद्यालयले यस बर्ष एसईई परीक्षामा शतप्रतिशत नतिजा ल्याउन सफल भएकाे जनाएको छ। यस बर्ष १७ जना बिधार्थी एसईई परीक्षामा सहभागी भएका थिए।
कार्यक्रममा शैक्षिक क्षेत्रका विशिष्ट ब्यक्ति प्रा. हेमाङ्गराज अधिकारी, विद्यालयका प्रधानाध्यापक गाेबर्धन थापा र प्रबन्धक निर्मला थापा (निरू) लगायतकाे सहभागीता रहेकाे थियाे।



