मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

कांग्रेस नेतृत्वको सरकारमा एमालेको इन्ट्री, मुख्यमन्त्री यादवले विश्वासको मत लिंदै

कांग्रेस नेतृत्वको सरकारमा एमालेको इन्ट्री, मुख्यमन्त्री यादवले विश्वासको मत लिंदै

images
२०८३ जेठ ८ गते, शुक्रवार
२०८३ जेठ ८ गते, शुक्रवार
  • जनकपुर। मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण यादवले मधेस प्रदेश सभामा आज विश्वासको मत लिदैं छन्। 

    images

    मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज  दिउँसो १ प्रदेश सभा बैठक आह्वान गरिएको छ। 

    images

    मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा एमाले र नेपाल कम्युनिस्ट पार्टीबिच नयाँ सत्ता समीकरण बनेको छ। मुख्यमन्त्री यादवले बिहीबार जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजीनामा दिएपछि मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए। नयाँ सत्ता समीकरणपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन्।

    नयाँ समीकरणपछि  नेकपा एमाले पनि कांग्रेस नेतृत्वको सरकारमा सहभागी भएको छ। एमालेका तर्फबाट मोहम्मद समिम बिहीबार नै बिना विभागीय मन्त्रीमा नियुक्त भइसकेका छन् भने उनले पद तथा गोपनीयताको शपथ ग्रहण गरिसकेका छन्।

    हाल मधेस प्रदेश सभामा १०२ जना प्रदेश सभा सदस्य छन्। सरकारलाई बहुमतका लागि कम्तीमा ५२ जना सदस्यको समर्थन आवश्यक पर्छ। 

    नयाँ समीकरणअनुसार सरकारलाई कांग्रेसका २२, नेकपा एमालेका २४ र नेपाल कम्युनिस्ट पार्टीका १५ जना गरी कुल ६१ जना प्रदेश सभा सदस्यको समर्थन रहनेछ।

    मुख्यमन्त्री यादवले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरेपछि सरकारलाई पूर्णता दिने बताइएको छ।

    सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान छ।

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend