काठमाडौँ। ट्राफिक प्रहरीले मापदण्डभन्दा बढी धुवाँ फाल्ने २० वटा सवारीसाधनलाई कारवाही गरेको छ।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार, कलंकी-बल्खु सडक खण्डमा बुधबार दिउँसो गरिएको प्रदूषण चेकिङका क्रममा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २० वटा सवारीसाधनलाई कारवाहीको दायरामा ल्याइएको हो।
वातावरण व्यवस्थापन विभाग काठमाण्डौ महानगरपालिका र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट संयुक्त रुपमा खटिएको टोलीले बल्खुमा ७१ वटा सवारी साधनलाई चेक जाँच गरेको थियो।
चेक जाँचका गर्दा मापदण्डभन्दा बढी धुवाँ फाल्ने २० वटा सवारी साधन कारवाहीमा परेका हुन्। मापदण्डभन्दा बढी धुवाँ फाल्ने सवारी साधन चलाउँदा वायु प्रदूषण बढ्न गइ मानव स्वास्थ्यमा गम्भीर समस्या हुनुका साथै दुर्घटनाको जोखिम समेत हुने ट्राफिक प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीले सवारी साधनको अवस्था चेक जाँच गरी दुरुस्त अवस्थामा रहेका सवारी साधन मात्र चलाउन सम्पूर्ण चालकहरुलाई अनुरोध छ।



