मंगलवार, आश्विन २७ गते २०८३    

मंगलवार, आश्विन २७ गते २०८३    

बजारमा न्यून गुणस्तरको डाबर हनी, विक्री रोक्न निर्देशन

बजारमा न्यून गुणस्तरको डाबर हनी, विक्री रोक्न निर्देशन

images
२०८३ जेठ ६ गते, बुधवार
२०८३ जेठ ६ गते, बुधवार
  • काठमाडौँ। डाबर नेपाल प्रालिको उत्पादन डाबर हनी न्यून गुणस्तरको भेटिएको छ।

    images

    खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादन मिति २०२५ /१२ रही १८ महिना उपभोग्य मिति रहेको, ब्याच नम्बर `एनबी ००४७७´ को ५०० ग्राम प्याकिङको डाबर हनी न्यून गुणस्तरीय रहेको बताएको हो।

    images

    नमुना परीक्षण गर्दा सो खाद्यपदार्थ न्यून गुणस्तरको भेटिएको विभागले जनाएको छ। सो खाद्यपदार्थ बजारबाट तत्काल फिर्ता गर्न र बिक्री वितरण नगर्न समेत उत्पादक कम्पनीलाई आदेश दिइएको विभागले जनाएको छ।

    खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को दफा ३८(२) को प्रावधान बमोजिम उक्त ब्याच नम्बरका सबै हनी बजारबाट तत्काल फिर्ता गर्न आदेश दिइएको विभागले बताएको छ।

    त्यस्तै, विभागले म्याग्नेसियम ग्लाइसिनेट रहेका कुनै पनि खाद्य पदार्थको उत्पादन बिक्री वितरण नगर्न आग्रह गरेको छ।

    त्यस्तो खाद्य पदार्थ बिक्री वितरण गरिएको पाइएमा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कारबाही हुने समेत विभागले जनाएको छ ।

     

    images
    images

    © 2026 All right reserved to xraynepal.com  | Site By : SobizTrend